अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार



हाम्रो इकोनोमि

 

 

इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

अलजजिराका अनुसार तेहरानका उच्च अधिकारीहरूले हालको परिस्थितिमा अमेरिकाले दबाब सिर्जना गरेर वार्ता थोपर्न खोजिरहेको आरोप लगाएका छन् । उनीहरूले सैन्य आक्रमण र धम्की जारी रहँदासम्म कुनै पनि प्रकारको वार्तामा बस्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

इरानी नेतृत्वले यदि अमेरिकाले आफ्नो आक्रमण जारी राखे इरानले ‘शक्तिशाली र उन्नत मिसाइल’ प्रयोग गरेर जवाफी कारबाही गर्ने चेतावनी दिएको बताइएको छ । उनीहरूले इरान आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न सक्षम रहेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समय इरानसँग सम्भावित वार्ताको संकेत दिएका थिए । तर इरानका अधिकारीहरूले सैन्य दबाबसँगै वार्ता प्रस्ताव गर्नु स्वीकार्य नहुने बताएका छन् । इरानका विदेश उपमन्त्री काजिम घारिबाबादीले अमेरिकासँग वार्तामा बस्ने कुनै कोठा अहिले नरहेको प्रतिक्रिया दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...