आज मेघ गर्जनसहित भारी वर्षा हुने, सावधान रहन मौसमविद्को चेतावनी



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालको मौसममा लगातार फेरबदल भइरहेको छ । आज पनि पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

 

भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले आज देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको छ ।

 

पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको छ । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ ।

 

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

 

जेष्ठ २२ गते (बुधबार): दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 

जेष्ठ २३ गते (बिहिबार): दिउँसो: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थान र मध्य तथा पुर्वी भु-भागकाकेही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भेगका अधिकांश स्थानहरूमा आंशिक वदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 

जेष्ठ २४ गते (शुक्रबार):दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी पहाडी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...