उपत्यका छिरे विप्लव, भक्तपुरबाट शुरु गरे जग्गा कब्जा



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ । सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो ।

 

सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ ।

 

अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नपाएपछि आफ्नो पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

परिषद्ले सो जग्गामा झण्डा गाड्नुका साथै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत राखेको छ ।

 

परिषद्मा उजुरी परिपछि सोही क्षेत्रमा गएर स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलमा महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ । परिषदले पैसा र पहुँचका आधारमा जग्गामाथि चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...