समाचार

रुपन्देहीको मायादेवी गापामा काँग्रेस विजयी

लुम्बिनी । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गर्नुभयो ।