समाचार

देउवा सरकारका तमाशे मन्त्री जसले बाटैमा पुलिसलाई जबर्जस्ती सलामी हान्न लगाए,ठाउँ न ठहर, सलामी लिने यस्तो लाज लाग्दो रहर

नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ। यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्।