सरकारी जागिर खान मन छ ? ३९० शाखा अधिकृत पदमा जागिर खुल्यो



हाम्रो इकोनोमि

सरकारी जागिर खान चाहनेहरुका लागि राम्रो अवसर खुलेको छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक खुला एवं समावेशी शाखा अधिकृतको लागि एकै पटक ३९० पदको लागि दरखास्त खुल्ला भएको छ । आयोगले बुधबारको गोरखापत्रमा यस सम्वन्धि सूचना प्रकासित गरेको छ ।

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरिएको छ । समावेशीतर्फ आदिवासी,जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।

अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...