प्रत्यक्षबाट सांसद बनेका यी ६ महिलाले यस्ता हेभिवेट नेतालाई हराए?



प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि भएको निर्वाचनमा बुधबार बिहानसम्म ६ जना महिला विजयी भएका छन्। अहिलेसम्म पूर्व रुकुम क्षेत्र नम्बर १ बाट कमला रोका, ललितपुर ३ बाट पम्फा भुसाल, कञ्चनपुर १ बाट बिना मगर, झापा २ बाट पवित्रा निरौला खरेल, प्युठानबाट दुर्गा पौडेल र स्याङ्जा क्षेत्र नम्बर २ बाट पद्माकुमारी अर्याल विजयी भएका हुन्।

सबैभन्दा पहिला खाता खोलेकी पूर्व रुकुम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी उम्मेदवार कमला रोकाले नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई पराजित गरिन्। रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्ती ४ हजार ४ सय ६ मतमा खुम्चिएका थिए। उनले ६ हजार २८ मतान्तरसाथ घर्तीलाई पराजित गरेकी हुन्।

यता ललितपुरबाट क्षेत्र नम्बर ३ को चुनावी मैदानमा ओर्लिएकी पम्फा भुसालले नेपाली कांग्रेसका पूर्वसांसद मदनबहादुर अमात्यलाई पराजित गरिन्। माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी भुसालले २४ हजार ३७ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी अमात्य २२ हजार ३ सय २९ मतमा सीमित भएका थिए। भुसालले १ हजार ७ सय ७ बढी मतसाथ अमात्यलाई पराजित गरेकी हुन्।

उता कञ्चनपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी बिना मगरले ३८ हजार ४ सय ६७ मत प्राप्त गरी विजय हासिल गरेकी हुन्। उनले नेपाली कांग्रेसका दिवानसिंह बिष्टलाई पराजित गरेकी हुन्। बिष्टले १९ हजार २ सय १९ मत पाएका छन्। उनको मतान्तर १९ हजार २ सय ४८ छ। उनका पति तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको केही साताअघि निधन भएको थियो।

झापा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी पवित्रा निरौला खरेल विजयी बनेकी छन्। खरेलले ४५ हजार ७ सय १७ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उद्धब थापाले ३२ हजार ५० मत ल्याएका छन्। खरेलले १३ हजार ७ सय ६७ मतान्तरले थापालाई पराजित गरेकी हुन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख डा. गोविन्द पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १४ मत पाएकी छन् भने उनका प्रतिद्वन्द्वी डा. पोखरेल ३१ हजार २ सय ८६ मतमा खुम्चिएका छन्। पौडेलले १६ हजार २ सय २८ मतान्तरले पोखरेललाई हराएका हुन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनबिक्रम सिंहकी पत्नी पौडेललाई बाम गठबन्धनको समर्थन थियो।

बुधबार बिहान प्राप्त भएको नतिजाअनुसार स्याङ्जा क्षेत्र नम्बर २ बाट एमालेकी पद्माकुमारी अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट विजय हासिल गरेकी छन्। अर्यालले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उम्मेदवार गोपालमान सिंहलाई हराइदिएकी हुन्। अर्यालले ३५ हजार १सय ४१ मत ल्याएर विजय हासिल गर्दा उपप्रधानमन्त्री श्रेष्ठ ३१ हजार ४ सय ३४ मतमा खुम्चिएका छन्। अर्यालले ३ हजार ८ सय ७ मतसाथ विजय हासिल गरेकी हुन्। नेपाली कांग्रेस समर्थित कार्यकर्ताले बुथ क्याप्चर गरेको भन्दै विवाद भएपछि यस क्षेत्रको गणना केही दिन रोकिएको थियो।
प्रत्यक्षतर्फ ६ सांसदमात्र निर्वाचित भएकाले अब समानुपातिकतर्फ चुनिने ११० मध्ये ८० प्रतिशतभन्दा बढी महिला सांसद हुनेछन्।

प्रतिक्रिया दिनुहोस
पाेखरा विमानस्थलको प्रतिवेदन अधुरो छ : गाेकुल बास्काेटा

    राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य

सहकारी पीडितको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन

    सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर

राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल