प्रत्यक्षबाट सांसद बनेका यी ६ महिलाले यस्ता हेभिवेट नेतालाई हराए?



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि भएको निर्वाचनमा बुधबार बिहानसम्म ६ जना महिला विजयी भएका छन्। अहिलेसम्म पूर्व रुकुम क्षेत्र नम्बर १ बाट कमला रोका, ललितपुर ३ बाट पम्फा भुसाल, कञ्चनपुर १ बाट बिना मगर, झापा २ बाट पवित्रा निरौला खरेल, प्युठानबाट दुर्गा पौडेल र स्याङ्जा क्षेत्र नम्बर २ बाट पद्माकुमारी अर्याल विजयी भएका हुन्।

सबैभन्दा पहिला खाता खोलेकी पूर्व रुकुम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी उम्मेदवार कमला रोकाले नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई पराजित गरिन्। रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्ती ४ हजार ४ सय ६ मतमा खुम्चिएका थिए। उनले ६ हजार २८ मतान्तरसाथ घर्तीलाई पराजित गरेकी हुन्।

यता ललितपुरबाट क्षेत्र नम्बर ३ को चुनावी मैदानमा ओर्लिएकी पम्फा भुसालले नेपाली कांग्रेसका पूर्वसांसद मदनबहादुर अमात्यलाई पराजित गरिन्। माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी भुसालले २४ हजार ३७ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी अमात्य २२ हजार ३ सय २९ मतमा सीमित भएका थिए। भुसालले १ हजार ७ सय ७ बढी मतसाथ अमात्यलाई पराजित गरेकी हुन्।

उता कञ्चनपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी बिना मगरले ३८ हजार ४ सय ६७ मत प्राप्त गरी विजय हासिल गरेकी हुन्। उनले नेपाली कांग्रेसका दिवानसिंह बिष्टलाई पराजित गरेकी हुन्। बिष्टले १९ हजार २ सय १९ मत पाएका छन्। उनको मतान्तर १९ हजार २ सय ४८ छ। उनका पति तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको केही साताअघि निधन भएको थियो।

झापा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी पवित्रा निरौला खरेल विजयी बनेकी छन्। खरेलले ४५ हजार ७ सय १७ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उद्धब थापाले ३२ हजार ५० मत ल्याएका छन्। खरेलले १३ हजार ७ सय ६७ मतान्तरले थापालाई पराजित गरेकी हुन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख डा. गोविन्द पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १४ मत पाएकी छन् भने उनका प्रतिद्वन्द्वी डा. पोखरेल ३१ हजार २ सय ८६ मतमा खुम्चिएका छन्। पौडेलले १६ हजार २ सय २८ मतान्तरले पोखरेललाई हराएका हुन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनबिक्रम सिंहकी पत्नी पौडेललाई बाम गठबन्धनको समर्थन थियो।

बुधबार बिहान प्राप्त भएको नतिजाअनुसार स्याङ्जा क्षेत्र नम्बर २ बाट एमालेकी पद्माकुमारी अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट विजय हासिल गरेकी छन्। अर्यालले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उम्मेदवार गोपालमान सिंहलाई हराइदिएकी हुन्। अर्यालले ३५ हजार १सय ४१ मत ल्याएर विजय हासिल गर्दा उपप्रधानमन्त्री श्रेष्ठ ३१ हजार ४ सय ३४ मतमा खुम्चिएका छन्। अर्यालले ३ हजार ८ सय ७ मतसाथ विजय हासिल गरेकी हुन्। नेपाली कांग्रेस समर्थित कार्यकर्ताले बुथ क्याप्चर गरेको भन्दै विवाद भएपछि यस क्षेत्रको गणना केही दिन रोकिएको थियो।
प्रत्यक्षतर्फ ६ सांसदमात्र निर्वाचित भएकाले अब समानुपातिकतर्फ चुनिने ११० मध्ये ८० प्रतिशतभन्दा बढी महिला सांसद हुनेछन्।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...