सुन्तलाले मूल्य नपाउँदा किसान चिन्तित



हाम्रो इकोनोमि

यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् ।

ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।

“उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,” उहाँले भन्नुभयो । स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ५० देखि रु ७० रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ ।

अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला रु ४० प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका–७ ओख्लेका कृष्णबहादुर ठकुरी बताउनुहुन्छ ।

सुन्तला बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्ने ठकुरीले यस वर्ष मूल्य घट्दा यस वर्ष घाटा लाग्ने अवस्था रहेको बताउनुभयो । मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य छन् ।

शुरुमा सय रुपैयाँ किलो हुँदै असी रुपैयाँ किलोसम्म मूल्य रहेको भए तापनि अहिले सुन्तलाको मूल्य रु ५० पुगेको छ । अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सुनकोशी गाउँपालिका ठानागाउँका कर्णबहादुर खत्री बताउनुहुन्छ ।

पहिला–पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले बाहिरबाट सस्तो सुन्तला आयत हुन थालेपछि स्थानीय सुन्तलाले मूल्य पाउन नसकेको हो ।

विगतका वर्षमा जिल्लाका केही किसानले सुन्तला बिक्रीबाट रु आठ लाखसम्म आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा धनकुट्टे र स्थानीय प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...