सुन्तलाले मूल्य नपाउँदा किसान चिन्तित



यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् ।

ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।

“उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,” उहाँले भन्नुभयो । स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ५० देखि रु ७० रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ ।

अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला रु ४० प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका–७ ओख्लेका कृष्णबहादुर ठकुरी बताउनुहुन्छ ।

सुन्तला बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्ने ठकुरीले यस वर्ष मूल्य घट्दा यस वर्ष घाटा लाग्ने अवस्था रहेको बताउनुभयो । मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य छन् ।

शुरुमा सय रुपैयाँ किलो हुँदै असी रुपैयाँ किलोसम्म मूल्य रहेको भए तापनि अहिले सुन्तलाको मूल्य रु ५० पुगेको छ । अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सुनकोशी गाउँपालिका ठानागाउँका कर्णबहादुर खत्री बताउनुहुन्छ ।

पहिला–पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले बाहिरबाट सस्तो सुन्तला आयत हुन थालेपछि स्थानीय सुन्तलाले मूल्य पाउन नसकेको हो ।

विगतका वर्षमा जिल्लाका केही किसानले सुन्तला बिक्रीबाट रु आठ लाखसम्म आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा धनकुट्टे र स्थानीय प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा