समाचार

सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने

काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताउनुभयो ।