कांग्रेस उम्मेदवार भन्दा १६ हजार मतान्तरले अघि हुदै बुटवलमा यसरी ह्याट्रिक गर्दैछन् विष्णु पौडेल



हाम्रो इकोनोमि

रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। यो समाचार तयार पार्दासम्म पौडेलले ३१ हजार १ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेस उमेद्वार युवराज गिरिले १३ हजार ८ सय ६८ मत ल्याएका छन्। विजयी तर्फ उन्मुख हुँदै गरेका एमाले उपमहासचिव विष्णु पौडेलको यस पटकको जितले बुटवलमा ह्याट्रिक हुने छ।

२०५६ सालको आम निर्वाचन यता पौडेल बुटवल र आसपासको क्षेत्र समेटिएको निर्वाचन क्षेत्रबाट लगातार उम्मेदवार बन्दै आएका छन्। पहिलो पटक बुटवलबाट ०५६ सालमा तत्कालीन रुपन्देही ३ मा चुनाव लड्दा पौडेल कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए। २०६४ सालमा संविधान सभाको चुनाब जिते यता उनी लगातार बुटवलमा हाबी हुँदै आएका छन्। पहिलो संविधान सभामा कांग्रेसलाई तेस्रो स्थानमा छोडेर पौडेल माओवादीका उम्मेदवारसँग थोरै मतान्तरले विजयी भएका थिए।

२०७० सालको संविधान सभाको चुनाबमा एमालेका उम्मेदवार विष्णु पौडेलसँग भिड्न माओवादीका बाबुराम भटराई गोरखाबाट आएका थिए। पूर्व प्रधानमन्त्रीको रुपमा भटराई गोरखासँगै बुटवलबाट पनि उम्मेदवार बने। तर बाबुराम भट्राईलाई कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानले पनि पछाडी पारे। अनि सूर्य प्रसादलाई ६ हजारको अन्तरले पराजित गर्दै विष्णु पौडेल तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट दोस्रो पटक विजयी भए। ०७० सालमा पौडेलले १९ हजार ५ सय ७७ मत ल्याउँदा, सुर्यप्रसाद प्रधानको १३ हजार ६ सय ३२ र भटराइले ११ हजार ९ सय ३४ मत ल्याएका थिए।

वाम गठबन्धन बनेपछि अहिले पौडेलको मतान्तर निकै फराकिलो बनेको छ। एमालेले बुटवललाई आफ्नो प्रतिष्ठा ठान्ने गरेको छ। गत स्थानिय चुनाबमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरी एमालेले बुटवल उपमहानगरपालिकामा अधिकांस वडा सहित मेयर उपमेयरमा विजयी भएको थियो।

यता प्रदेश सभाको मतगणना तर्फ पनि एमालेले आफ्नो अग्रता फराकिलो पारेको छ। प्रदेश सभामा पनि एमालेले बलिया उम्मेदवार मैदानमा पठाएको छ। रुपन्देही क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा क्षेत्रमा एमालेका पूर्व जिल्ला अध्यक्षद्वय नै उमेदवार बनेका छन्।

प्रदेश सभा २ (क) मा उम्मेदवार बनेका लीला गिरि एमालेका केन्द्रीय सदस्य समेत हुन्। उनले १५ हजार ७ सय ३० मत प्राप्त गर्दा कांग्रेसका काजिमान श्रेष्ठले ६ हजार ७ सय ५७ मत प्राप्त गरेका छन्। बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख समेत रहेका एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले ११ हजार ८ सय ८७ मत ल्याउँदा कांग्रेसका महेशमान सिंहले ७ हजार २ सय मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...