कांग्रेस उम्मेदवार भन्दा १६ हजार मतान्तरले अघि हुदै बुटवलमा यसरी ह्याट्रिक गर्दैछन् विष्णु पौडेल



रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। यो समाचार तयार पार्दासम्म पौडेलले ३१ हजार १ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेस उमेद्वार युवराज गिरिले १३ हजार ८ सय ६८ मत ल्याएका छन्। विजयी तर्फ उन्मुख हुँदै गरेका एमाले उपमहासचिव विष्णु पौडेलको यस पटकको जितले बुटवलमा ह्याट्रिक हुने छ।

२०५६ सालको आम निर्वाचन यता पौडेल बुटवल र आसपासको क्षेत्र समेटिएको निर्वाचन क्षेत्रबाट लगातार उम्मेदवार बन्दै आएका छन्। पहिलो पटक बुटवलबाट ०५६ सालमा तत्कालीन रुपन्देही ३ मा चुनाव लड्दा पौडेल कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए। २०६४ सालमा संविधान सभाको चुनाब जिते यता उनी लगातार बुटवलमा हाबी हुँदै आएका छन्। पहिलो संविधान सभामा कांग्रेसलाई तेस्रो स्थानमा छोडेर पौडेल माओवादीका उम्मेदवारसँग थोरै मतान्तरले विजयी भएका थिए।

२०७० सालको संविधान सभाको चुनाबमा एमालेका उम्मेदवार विष्णु पौडेलसँग भिड्न माओवादीका बाबुराम भटराई गोरखाबाट आएका थिए। पूर्व प्रधानमन्त्रीको रुपमा भटराई गोरखासँगै बुटवलबाट पनि उम्मेदवार बने। तर बाबुराम भट्राईलाई कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानले पनि पछाडी पारे। अनि सूर्य प्रसादलाई ६ हजारको अन्तरले पराजित गर्दै विष्णु पौडेल तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट दोस्रो पटक विजयी भए। ०७० सालमा पौडेलले १९ हजार ५ सय ७७ मत ल्याउँदा, सुर्यप्रसाद प्रधानको १३ हजार ६ सय ३२ र भटराइले ११ हजार ९ सय ३४ मत ल्याएका थिए।

वाम गठबन्धन बनेपछि अहिले पौडेलको मतान्तर निकै फराकिलो बनेको छ। एमालेले बुटवललाई आफ्नो प्रतिष्ठा ठान्ने गरेको छ। गत स्थानिय चुनाबमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरी एमालेले बुटवल उपमहानगरपालिकामा अधिकांस वडा सहित मेयर उपमेयरमा विजयी भएको थियो।

यता प्रदेश सभाको मतगणना तर्फ पनि एमालेले आफ्नो अग्रता फराकिलो पारेको छ। प्रदेश सभामा पनि एमालेले बलिया उम्मेदवार मैदानमा पठाएको छ। रुपन्देही क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा क्षेत्रमा एमालेका पूर्व जिल्ला अध्यक्षद्वय नै उमेदवार बनेका छन्।

प्रदेश सभा २ (क) मा उम्मेदवार बनेका लीला गिरि एमालेका केन्द्रीय सदस्य समेत हुन्। उनले १५ हजार ७ सय ३० मत प्राप्त गर्दा कांग्रेसका काजिमान श्रेष्ठले ६ हजार ७ सय ५७ मत प्राप्त गरेका छन्। बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख समेत रहेका एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले ११ हजार ८ सय ८७ मत ल्याउँदा कांग्रेसका महेशमान सिंहले ७ हजार २ सय मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा