समाचार

काठमाडौंबाट चुनाव विरोधी गतिविधि गर्ने ५५० जनाभन्दा बढी पक्राउ

चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ । उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो