प्रेमीले प्रेमिकाको आँखा र अनुहारमा उम्लिरहेको घिउ हाल्दिए,पश्चिम नेपाल महिला हिंसा बढ्दै



हाम्रो इकोनोमि

पश्चिम नेपालको कैलाली कञ्चनपुर यतिबेला मानव अधिकार उलंघन र महिला हिंसाका घटना चुलिँदै गएका छन । केहीदिन अघि कैलालीको घोडाघोडी नगरपालिकामा एक युवतीलाई बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट भएको घटना नसेलाउदैँ आज निर्मम रुपमा पनि युवती माथी कुटपिट भएको छ ।

बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वडा नम्बर ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै आई कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्नो औँलाहरुले सोनीको आँखाघोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालीदिएका थिए ।

उनलाई उपचारका लागी महेन्द्रनगर आँखाअस्पतालमा ल्याईएको तर उनको आँखाबाट रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ । श्रोतका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...