प्रधानन्यायाधिश बटारिएको चाउचाउ जस्तै भएको भन्दै ओलीले भने-तातो पानी खन्याए पछी बल्ल ठिक हुन्छ



हाम्रो इकोनोमि

सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशबीच केही दिनयता जारी विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बुधबार बिहान बालुवाटारमा प्रदेश र संघीय संसदका सांसदहरुका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले देशका प्रमुख पदमा रहेका व्यक्तिको प्रमाणपत्र सार्वजनिक हुनुपर्ने बताए।

अदालतको विवादबारे प्रधानमन्त्री मौन बसे हुने भन्ने धेरैलाई लागेको तर प्रधानन्यायाधीशको रोलक्रममा रहेका व्यक्तिले समेत इजलास बहिस्कार गरेपछि आफू बोल्न बाध्य भएको भन्दै प्रधानमन्त्री ओलीले अदालत अहिले उम्लिरहेको पानीको अवस्थामा रहेको टिप्पणी गरे।

‘दुई दिनदेखि सर्वोच्च अदालतका बेञ्च बसेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘न्याय पाऊँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन्। म कसरी मौन बसूँ?’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका प्रमुख पाँच पदमा रहेका व्यक्ति कहिले जन्मिएका हुन् भन्ने जनतालाई थाहा हुनुपर्ने टिप्पणी गरे।

‘प्रधानन्यायाधीश कहिले जन्मिएको भनेर देश र जनताले थाहा नपाउने पनि हुन्छ?’ ओलीले व्यङ्ग्य गर्दै भने, ‘यो कुनै मल्ल युद्धको विषय हो वा कुस्ती खेल्ने विषय हो?’

चियापान समारोहमा सहभागी सांसदहरुका अनुसार ओलीले अदालतमा जारी विवादमा आक्रोशयुक्त टिप्पणी गरेका थिए।

‘साँचो कुराको प्रमाण दिइन्छ र त्यसको प्रमाणपत्र हुन्छ। एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र, के गरेको यो?’ प्रधानन्यायाधीश पराजुलीप्रति लक्षित ओलीको भनाइलाई उद्धृत गर्दै एक सांसदले भने, ‘यो अहिलेको सरकारलाई सह्य हुँदैन।’

ओलीले सांसदहरुसामु संविधान र कानुनको बर्खिलाप जाने र एक-अर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नहुने पनि बताए। सर्वोच्चमा दोस्रो दिन पनि आठ न्यायाधीशले इजलास बहिस्कार गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...