प्रधानन्यायाधिश बटारिएको चाउचाउ जस्तै भएको भन्दै ओलीले भने-तातो पानी खन्याए पछी बल्ल ठिक हुन्छ



हाम्रो इकोनोमि

सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशबीच केही दिनयता जारी विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बुधबार बिहान बालुवाटारमा प्रदेश र संघीय संसदका सांसदहरुका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले देशका प्रमुख पदमा रहेका व्यक्तिको प्रमाणपत्र सार्वजनिक हुनुपर्ने बताए।

अदालतको विवादबारे प्रधानमन्त्री मौन बसे हुने भन्ने धेरैलाई लागेको तर प्रधानन्यायाधीशको रोलक्रममा रहेका व्यक्तिले समेत इजलास बहिस्कार गरेपछि आफू बोल्न बाध्य भएको भन्दै प्रधानमन्त्री ओलीले अदालत अहिले उम्लिरहेको पानीको अवस्थामा रहेको टिप्पणी गरे।

‘दुई दिनदेखि सर्वोच्च अदालतका बेञ्च बसेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘न्याय पाऊँ भनेर गएका मान्छे तमासा हेरेर पुर्पुरोमा हात लगाएर फर्किराखेका छन्। म कसरी मौन बसूँ?’

प्रधानन्यायाधीशको जन्ममिति विवादतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले देशका प्रमुख पाँच पदमा रहेका व्यक्ति कहिले जन्मिएका हुन् भन्ने जनतालाई थाहा हुनुपर्ने टिप्पणी गरे।

‘प्रधानन्यायाधीश कहिले जन्मिएको भनेर देश र जनताले थाहा नपाउने पनि हुन्छ?’ ओलीले व्यङ्ग्य गर्दै भने, ‘यो कुनै मल्ल युद्धको विषय हो वा कुस्ती खेल्ने विषय हो?’

चियापान समारोहमा सहभागी सांसदहरुका अनुसार ओलीले अदालतमा जारी विवादमा आक्रोशयुक्त टिप्पणी गरेका थिए।

‘साँचो कुराको प्रमाण दिइन्छ र त्यसको प्रमाणपत्र हुन्छ। एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र, के गरेको यो?’ प्रधानन्यायाधीश पराजुलीप्रति लक्षित ओलीको भनाइलाई उद्धृत गर्दै एक सांसदले भने, ‘यो अहिलेको सरकारलाई सह्य हुँदैन।’

ओलीले सांसदहरुसामु संविधान र कानुनको बर्खिलाप जाने र एक-अर्कालाई उपयोग गर्ने सिद्धान्त सरकारलाई स्वीकार्य नहुने पनि बताए। सर्वोच्चमा दोस्रो दिन पनि आठ न्यायाधीशले इजलास बहिस्कार गरेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...