प्रधानमन्त्रीलाई आफ्नैले हाने छिर्के,ज्वाईलाई मन्त्रालयको भण्डार सुम्पे पछी ओलीको सत्तोसराप



हाम्रो इकोनोमि

पार्टीका चल्तापुर्जा नेतालाई बाइपास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेर अर्थमन्त्री बनाएका युवराज खतिवडाले परिवारमोह देखाएका छन्। राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् ।अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका विशेष सहयोगीका रुपमा अर्थमन्त्रालय हाजिर भएका छन् ।आफन्त नभएसम्म काम गर्न ओलीका यी होनहार अर्थमन्त्री युवराज खतिवडालाई पनि गाह्रै पर्ने देखियो । सदाचारको कुरा गर्ने ओलीलाई खतिवडाले तगारो हालीदिएको श्रोतको भनाई छ।

युवराज खतिवडा गभर्नर भएका बेलामा आफ्ना यिनै ज्वाईलाई कनिष्ठ भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोषको आकर्षक तलव पाइने स्थानमा पठाएका थिए ।पूर्व प्रधानमन्त्रीले सालालाई र अर्थमन्त्रीले ज्वाइलाई काखी च्यापेर चल्नुपर्ने स्थिति देखेपछि अरु मन्त्रीले पनि त त्यसै गर्ने होलान् ? उता गृह मंत्री राम बहादुर थापाले छोरालाई पीए बनाएको भन्दै आलोचना भएको छ। यी दुई मंत्रीको रबैयाले ओलीलाई असहज बनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...