भोली मन्त्रीमण्डल बिस्तार हुने,ओली र प्रचण्डले बनाए भोली सपथ खाने मन्त्रीको यस्तो लिस्ट,फोरम र राजपाले पाए यस्ता मन्त्रालय



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार गर्नेगरि तयारी थालेका छन् । यसको लागि उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच यस विषयमा विशेष छलफल भएको स्रोतको दाबी छ । सरकारमा सहभागी हुने दल संघीय समाजवादी फोरमलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे ओली र प्रचण्डबीच आज छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।

त्यस्तै राजपालाई पनि कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने दलहरुको सम्मानमा बालुवाटारमै चियापानको आयोजना गरेका थिए । त्यस क्रममा फोरम र राजपाका शीर्ष नेताहरुको पनि सहभागिता थियो । राजपा सरकारमा सहभागी हुन छलफलमा जुटेको छ। फोरमबाट इस्तियाक राई मंत्री हुने लगभग निश्चित छ भने अर्को एक जनाको टुंगो लागेको छैन। एमाले बाट हृदयेश त्रिपाठी,योगेश भट्टराई,प्रदिप ज्ञवाली,पदमा अर्याल मंत्री हुदैछन।अरु तीन जनाको नाममा समेत छलफल हुदैछ।

उता माओबादी बाट बिना मगर,अग्नी सापकोटा,गिरिराज मणी पोखरेल,अमनलाल मोदी मंत्री बन्ने निश्चित छ भने ओनसरी घर्तीले समेत मंत्री बन्न लबिङ्ग थालेकी छिन। श्रोतका अनुसार फोरमलाई जलश्रोत उर्जा सहित शहरी विकास मन्त्रालय र राजपालाई स्वास्थ सहित भूमिसुधार मन्त्रालय दिने टुंगो लागेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...