भोली मन्त्रीमण्डल बिस्तार हुने,ओली र प्रचण्डले बनाए भोली सपथ खाने मन्त्रीको यस्तो लिस्ट,फोरम र राजपाले पाए यस्ता मन्त्रालय



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार गर्नेगरि तयारी थालेका छन् । यसको लागि उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच यस विषयमा विशेष छलफल भएको स्रोतको दाबी छ । सरकारमा सहभागी हुने दल संघीय समाजवादी फोरमलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे ओली र प्रचण्डबीच आज छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।

त्यस्तै राजपालाई पनि कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने दलहरुको सम्मानमा बालुवाटारमै चियापानको आयोजना गरेका थिए । त्यस क्रममा फोरम र राजपाका शीर्ष नेताहरुको पनि सहभागिता थियो । राजपा सरकारमा सहभागी हुन छलफलमा जुटेको छ। फोरमबाट इस्तियाक राई मंत्री हुने लगभग निश्चित छ भने अर्को एक जनाको टुंगो लागेको छैन। एमाले बाट हृदयेश त्रिपाठी,योगेश भट्टराई,प्रदिप ज्ञवाली,पदमा अर्याल मंत्री हुदैछन।अरु तीन जनाको नाममा समेत छलफल हुदैछ।

उता माओबादी बाट बिना मगर,अग्नी सापकोटा,गिरिराज मणी पोखरेल,अमनलाल मोदी मंत्री बन्ने निश्चित छ भने ओनसरी घर्तीले समेत मंत्री बन्न लबिङ्ग थालेकी छिन। श्रोतका अनुसार फोरमलाई जलश्रोत उर्जा सहित शहरी विकास मन्त्रालय र राजपालाई स्वास्थ सहित भूमिसुधार मन्त्रालय दिने टुंगो लागेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...