राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित,१८ सांसदले भोट हालेनन्,८ सांसदले भोट हाल्न जानेनन्



हाम्रो इकोनोमि

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।

मंगलबार विहान १० देखि अपरान्ह ३ बजेसम्म भएको मतदानपछिको गणनामा भण्डारीले ३९ हजार २ सय ४५ मत पाइन्। भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र दुबै राप्रपा लगायतका दलले मतदान गरेका थिए।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभा, ५९ सदस्यीय राष्ट्रिय सभा र ५ सय ५० सदस्यीय प्रदेश सभा सदस्यहरु यो निर्वाचनका मतदाता रहेपनि प्रतिनिधि सभाका १, राष्ट्रिय सभाका ३ र प्रदेश सभाका १ सदस्यको नाम मतदाता सूचीमा थिएन।

आजको मतदानमा प्रदेश सभाका ९ जना सदस्यहरु अनुपस्थित रहे। निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्यको मतभार ७९ तोकिएको थियो भने प्रदेश सभाका सदस्यहरुको मतभार ४८ थियो।

मतभारको यो हिसाव अनुसार संघीय संसदको २६ हजार ३ सय ८६ र प्रदेश सभाको २६ हजार ४ सय गरी ५२ हजार ७ सय ८२ मतभार थियो। निर्वाचित हुन ५० प्रतिसत मत पाउनु पर्ने हुँदा राष्ट्रपतिमा निर्वाचित हुनेले २६ हजार ४ सय मत प्राप्त गर्नुपर्ने थियो।

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु
रेशम चौधरी
बाबुराम भट्टराई
प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव

मतदानमा अनुपस्थित प्रदेशसभाका सांसदहरु
कृष्णबहादुर चौधरी
धनमाया लामा
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ
हरिशरण आचार्य
हिमबहादुर शाही

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...