ओली सरकारले निजामती सेवामा बाहुन क्षेत्रीलाई पनि दिने भयो आरक्षण,गरिबले पनि पाउने यस्तो बन्दैछ कानुन
आर्थिक रुपमा कमजोर खस-आर्य समुदायलाई समेत सरकारले निजामती सेवामा आरक्षण सुविधा दिने भएको छ। प्रस्तावित संघीय निजामती ऐनमै ‘विपन्न खस–आर्य’को कोटा छुट्याएर आरक्षण राखिएको छ। यसअघि जातिगत र क्षेत्रगत रुपमा आरक्षण दिने गरिएकोमा यसपटक आर्थिक दृष्टिकोणले गरिब रहेका समुदायलाई पनि