१ अर्बभन्दा बढी मूल्यको ३ सय रोपनी सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता, मालपोत र नापी कार्यालयका हाकिमसहित १५ जना पक्राउ



हाम्रो इकोनोमि

धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सीसमेत ३ सय रोपनी भन्दा बढी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्ने मालपोत र नापी कार्यालयका हाकिमहरुलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नापी कार्यालयका तत्कालीन प्रमुख दीपक सापकोटा, मालपोत अधिकृत कुशध्वज खत्री लगायत छन् । सापकोटा हाल कलंकी नापी कार्यालयका प्रमुख हुन् । उनी नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका दाहिने हात हुन् ।

धादिङमा विगत १५ बर्षदेखि राजमार्गसँग सटेका र वरिपरिका वन क्षेत्रदेखि खोलाका जग्गा पनि घुस लिंदै गैरकानुनी रुपमा दर्ता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान गरेपछि एकपछि अर्को सरकारी जग्गा ब्यक्तिका नाममा गैरकानुनी दर्ता गरेको खुल्दै जान थालेपछि अख्तियारले विस्तृत अनुसन्धान सुरु गरेको थियो ।
धादिङका मालपोत र नापी कार्यालयको प्रमुख सहित ४० भन्दा बढी कर्मचारी गैरकानुनी रुपमा जग्गा दर्तामा संलग्न रहेको पाइएपछि अख्तियारले स्थलगत रुपमै अनुसन्धानमा खटाएको थियो ।

गैरकानुनी रुपमा ब्यक्तिका नाममा जग्गा दर्ता गर्नेमध्ये ८ जना हाकिमहरुको त निधन नै भइसकेको छ । धादिङमा सरुवा हुने मालपोत र नापीका प्रमुखले घुस लिएर सरकारी वन समेत किन्चित डर नमानी दर्ता गरेको पाइएको छ ।

अख्तियारले आइतबार १५ भन्दा बढी कर्मचारीलाई पक्राउ गरेको छ । सबैलाई पक्राउ गर्न खोज्दा सूचना लिक भएकाले फरार भएका छन् । अनुसन्धानका क्रममा जो मालपोत र नापी कार्यालय प्रमुखका रुपमा जान्छ, उसले जथाभावी रुपमा राजमार्ग वरिपरिका जग्गाहरु गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको खुलेको थियो ।

राजमार्ग वरिपरि र खोलाका मूल्यवान जग्गाहरु यसरी आर्थिक चलखेलमा दर्ता गर्ने दोषी कर्मचारीउपर अख्तियारले विशेष अदालतमा आजै मुद्दा बुझाउने तयारी गरेको छ ।

हालको चलनचल्तीको मूल्य अनुसार करिब १ अर्बभन्दा बढी मूल्यको जग्गा विभिन्न समयमा सरुवा भएर जाने कार्यालय प्रमुखले गैरकानुनी रुपमा दर्ता गरेको खुलेको छ । नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...