प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान, यस्तो छ कारण



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक सिंगापुर गएका छन् ।

स्रोतका अनुसार प्रचण्ड सिता दाहालको उपचारको लागि उनी सिंगापुर गएका हुन् ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । कलेजोमा फेरि समस्या देखिएको चिकित्सकले बताएपछि उपचारका लागि प्रचण्ड सिताको फ्लोअपको लागि सिंगापुरतर्फ लागेको बताइएको छ

प्रचण्ड राति ८ बजे पत्नी सिता दाहालको उपचारको क्रममा ३ दिनको लागि सिंगापुर गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, ‘शुभयात्रा’ ।

सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...