केसीको समर्थन गर्ने चिकित्सकहरुलाई कारबाही गर्ने सरकारी तयारी
शिक्षा क्षेत्रको सुधारका लागि १५ औं पटक अनसन बसिरहेका शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रने सरकारी चिकित्सकहरुलाई सरकारले कारबाहीको तयारी गरेको छ । केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो तयारी गरेको हो