सभामुख र उपसभामुख मध्ये एक कांग्रेसलाई देऊ, होइन भने सडक र सदन कब्जा गर्छौ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले सरकारका पछिल्ला कदमका विषयमा विरोध जारी नै रहेको जनाएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गतिविधीमा कांग्रेसको विरोध जारी नै रहेको बताए।

 

कांग्रेसले अहिलेको लागि डा. गोविन्द केसीसँग भएका समझदारी कार्यान्वयनका लागि दबाब दिने उनले बताए। ‘शिक्षा र स्वास्थ्यको अधिकारलाई कांग्रेसले अग्राधिकारमा लिएर जाने निर्णय गरेको छ,’ शर्माल भने, ‘हालको लागि हामीले डा. केसीसँग भएका समझदारीहरू कार्यान्वयनका लागि दबाब दिन्छौं।’ शर्माले सरकारका कामलाई खुल्ला सहयोग र दबाबपूर्ण सहयोग गर्ने बताए।

 

‘हामीले सरकारका राम्रा कामलाई खुल्ला रुपमा सहयोग गर्छौं, प्रतिपक्षको हिसाबले सरकारका गलत कामलाई दबाब दिएर सच्याउनको लागि पनि सहयोग नै गर्ने छौं,’ उनले भने, ‘सरकार प्रतिका हाम्रा विरोधहरु सकिएका छैनन्।’ उनले अब संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने प्राबधान मिचिएकोले त्यसको विरोध गर्ने बताए। ‘एमाले र माओवादीको एकिकरण भएसँगै एउटै दलका सभामुख र उपसभामुख हुनुभएकोछ,’ उनले भने, ‘संविधानको धारा मिचिँदै जाँदा प्रतिपक्षले विरोध गर्नु धर्म पनि हो।’

 

साथै उनले सरकारका गतिविधिको विरोध गर्न सबै जिल्लाहरूमा साउन १५ गते सांकेतिक विरोध कार्यक्रम राखिएको र त्यो कायमै रहेको बताए।

 

चर्को मुल्य वृद्धिका विषयमा पनि कांग्रेसको विरोध भएको उनले बताए। ‘यति मात्रै होइन, उपकुलपति जस्तो व्यक्तिलाई पक्राउ गरेर किन प्रधानमन्त्री निवासमा लगियो,’ उनले भने, ‘प्रधानमन्त्री निवासलाई प्रहरी थानाजस्तो बनाउने प्रयास गरियो, त्यो किनरु हाम्रो विरोध जारी नै छ।

 

’ शर्माले कांग्रेस सदन र सडकमा सक्रिय हुनुपर्ने भएकोले महासमितिको बैठक सर्न सक्ने बताए। कांग्रेसले पत्रकार सम्मेलनमा भन्यो सभामुख र उपसभामुख मध्ये एक नपाए सडक र सदन कब्जा गर्छौ ।

 

ढिलागरी बैठक भए पनि कांग्रेसको आन्तरिक जीवनमा त्यसले सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए। उनले विधान परिमार्जन मस्यौदा समितिको नामावली भने केही दिनमै टुंग्याउने जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...