डा. केसीसँग भएको सहमति संसदमा पेश गर्न माग गर्दै कांग्रेसको अवरोध



हाम्रो इकोनोमि

 

सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सदनलाई जानकारी गराउन माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

बैठकको सुरुमा नै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिए । उनले सरकार र डा. केसीबीच भएको सहमति जनताको जित भएको बताए र यसलाई संसदको सम्पत्ति बनाउन माग गरे ।

लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्दै डा. केसीसँग सहमति भएको बताए । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि थप जानकारी दिने उनले बताए ।

तर, कांग्रेस सांसदहरुले केके विषयमा सहमति भयो जानकारी दिन माग गरे । मन्त्री पाखेरेलले सहमतिपत्र नै संसदमा टेबल गरे तर, कुनकुन विषयमा सहमति भएको हो बताएनन् ।

कांग्रेस सांसदहरु फेरि उठे । उनीहरुले सहमति पत्र आफूहरुलाई उपलब्ध गराउन माग गरे ।

सभामुखले सहमति पत्र संसदमा टेबल भएको र केहीबेरमा उपलब्ध गराउने भन्दा पनि कांग्रेस सांसदहरु मानेनन् र संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...