डा. केसीसँग भएको सहमति संसदमा पेश गर्न माग गर्दै कांग्रेसको अवरोध



हाम्रो इकोनोमि

 

सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सदनलाई जानकारी गराउन माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

बैठकको सुरुमा नै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिए । उनले सरकार र डा. केसीबीच भएको सहमति जनताको जित भएको बताए र यसलाई संसदको सम्पत्ति बनाउन माग गरे ।

लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्दै डा. केसीसँग सहमति भएको बताए । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि थप जानकारी दिने उनले बताए ।

तर, कांग्रेस सांसदहरुले केके विषयमा सहमति भयो जानकारी दिन माग गरे । मन्त्री पाखेरेलले सहमतिपत्र नै संसदमा टेबल गरे तर, कुनकुन विषयमा सहमति भएको हो बताएनन् ।

कांग्रेस सांसदहरु फेरि उठे । उनीहरुले सहमति पत्र आफूहरुलाई उपलब्ध गराउन माग गरे ।

सभामुखले सहमति पत्र संसदमा टेबल भएको र केहीबेरमा उपलब्ध गराउने भन्दा पनि कांग्रेस सांसदहरु मानेनन् र संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...