सम्पदा क्षेत्रको मापदण्ड उल्लङ्घन गर्दै घर निर्माण, उपमहानगरपालिकाले यसरी भत्काउदैछ घर
पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ । ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी