समाचार

गृह जिल्लामा प्रधानमन्त्री ओली, नागरिक अभिनन्दन गरिंदै

  प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रो पटक झापा गएका हुन् । उनको बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताएका छन् ।