अपराध गरेर भाग्नेहरुले डुबाए मुलुकको अर्बौैं रुपैयाँ



मुलकभरका अदालतबाट भएका फैसाला कार्यान्वनयको अवस्था नाजुक स्थितिमा पुगेको छ । न्यायलयबाट हुने गरेका फैसलाको स्थिति हेर्दा न्याय कागजमै मात्र सिमित बन्न थालेको तथ्यांकले पुष्टि गर्छ । सर्वाेच्च अदालत मातहतको फैसला कार्यान्वयन निर्देशनलायको पछिल्लो विवरणले यसको पुष्टि हुन्छ ।

निर्देशनालयले दिएको गत आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, मुलुकभरबाट कैद सजाय भएकाहरुबाट जरिवाना उठाउन मात्रै ११ अर्ब ६६ करोड ४ लाख १७ हजार ७ सय ९७ रुपैयाँ ९० पैसा उठाउन बाँकी छ । अघिल्लो आर्थिक वर्षनै १० अर्ब ६० करोड ३ लाख ५९ हजार २८ रुपैयाँ १६ पैसा जरिवाना असुल्न बाँकी थियो । करीब १ वर्षको अबधिमा १ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी उठाउनु पर्ने जरिवना थपिएको छ । आर्थिक वर्ष सकिने असार मसान्तसम्मको विवरण पछि यो रकमको आकार थपघट हुन सक्छ । वास्तविकताः जरिवाना सुनाइएकाहरुबाट राज्यले अर्बौं रकम उठाउन सकेको छैन । राज्य निरिह छ, भन्छ तथ्यांकले ।

३ वर्षअघिको रेकर्ड अनुसार मुलुकभरबाट लगभग ८ अर्ब ८० करोड रुपैयाँ जरिवाना उठाउन बाँकी थियो । तथ्यांक हेर्दा वर्षेनी सजाय सुनाइएकाहरुबाट उठाउनु पर्ने रकम १ अर्ब रुपैयाँ भन्दा बढीको दरले थपिँदो अबस्थामा छ ।
कैद सजाय सुनाइएकाहरुबाट सबन्दा बढी रकम प्रदेश नम्बर ३ बाट उठाउन बाँकी छ । राजधानी सहितको प्रदेश ३ का १३ जिल्लाबाट मात्रै ७ अर्ब ९२ करोड रुपैयाँ बढी उठाउन बाँकी छ । त्यसमध्ये काठमाडौं जिल्ला अदालतबाट जरिवाना सुनाइएकोमध्ये ५ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढी उठाउन सकिएको छैन ।

फरार कैदीबाट असुल्नबाँकी कैद सजाय :
फैसला कार्यान्वयन निर्देशनालयले कैदीहरुबाट उठाउनु पर्ने जरिवानामात्रै होइन, उनीहरुले भोग्नु पर्ने कैदको अबधी पनि संकलन गर्ने गरेको छ । निर्देशनालयका अनुसार हालसम्म फरार कैदीबाट १ लाख १३ हजार ७ सय १० वर्ष १० महिना १३ दिन कैद मुक्तान हुन बाँकी छ –गत जेठसम्म । अघिल्लो बर्ष ती कैदीबाट १ लाख १२ हजार ७ वर्ष १९ दिन कैद असुल्न बाँकी थियो ।

कैद असुल्न तगडा र लद्-दु 

निर्देशनालयको रेकर्ड अनुसार डोटी जिल्ला अदालतबाट सजाय सुनाएकामध्ये फरार कैदी बाँकी छैनन् । अघिल्लो बर्ष डोटीमा २ सय ४९ वर्ष कैद सजाय असुल्न बाँकी थियो । डोटी अदालतले उठाउनु पर्ने १६ लाख १४ हजार ६ सय ४ रुपैयाँ ६१ पैसा पनि असुल उपर गरेको छ ।

पूर्व रुकुम जिल्ला अदालतले सजायै सुनाएको छैन । त्यसैले असुल्न बाँकी कैद पनि छैन । त्यसपछि नवलुरमा ७ वर्ष, रसुवामा ४० वर्ष हुम्लामा ७०, मुस्ताङमा ८६, जुम्लामा ९२, बाजुरमा ९५ वर्ष र मुगुमा ९८ वर्ष कैद असुल्न बाँकी छ । सबभन्दा बढी कैद असुल्न बाँकी भने काठमाडौं जिल्ला अदालतबाट सजाय पाएकाहरु छन् । यो अदालतले कूल ९ जहार २५ वर्ष कैद असुल्न बाँकी छ । त्यस्तै धनुषा जिल्ला अदालतले ६ हजार ४ सय ६९ वर्ष कैद असुल्न बाँकी छ ।

आर्थिक वर्ष २०७२–७३ सम्म कैद भुक्तान गर्नुपर्ने १ लाख २० हजार अपराधी फरार रहेको तथ्यांक छ । निर्देशनालयले पछिल्लो समय फरारहरुको तथ्यांक संकलन गरेको छैन । निर्देशनालयका सहायक प्रवक्ता कष्णशरण लामिछाने भन्छन्, “यी सबे लगत जिल्ला अदालतबाट प्राप्त हुने हो ।

अहिलेको उनीहरुले बुझाउने फरम्र्याटमा सजाय पाएको तर कैदमा नपरेकाहरुको विवरण राख्ने तालिका नभएका कारण यति नै संख्यामा बाहिर छन् भन्ने खुल्न नसकेको हो” । तर असुल गर्नु पर्ने जरिवाना र कैदको अबधी बढ्दो क्रममा रहेका कारण फरार कैदीको संख्या अझै बढेको स्पष्ट हुन्छ । मुद्दाका नौ सिङ हुन्छन् भन्ने कथन छ । त्यसमध्ये एक हो रे, “टापसिङ” । हाल फरार रहेका अपराधीलाई सजाय दिलाउन सके मात्रै पनि राज्यले अर्बौं रकम संकलन गर्छ, जनताको ढाड सेक्ने गरी कर थोपर्नतिर मात्रै ध्यान दिनभन्दा !

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्