सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव



हाम्रो इकोनोमि

 

 पाँचथरमा सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याईएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।

जिल्लाको याङवरक गाँउपालिका– ३ मा रहेको स्वास्थ्य चौकिमा सुत्केरीका लागि राखिएको महिलाको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापवार्हीमा मृत्यु भएको भन्दै जाहेरी दिने प्रयास गरीरहेका छन् भने घटनालाई मिलाउनका लागि प्रयासहरु भईरहेका छन्। तीन दिन स्वाथ्य केन्द्रमा राखिएकी  गिता देवान सेलिङको मृत्यु भएको थियो।

१५ गते स्वास्थ्य संस्था लगिएकी महिलाको १७ गते मृत्यु भएको मृतकका आफन्त सन्तोष सेलिङले बताए। १५ गते स्वास्थ्य संस्थामा राखेपछि चौकी इन्चार्ज जेतबहादुर शाही र अनमी सोलमी तामाङमा घुम्न गएको आरोप पीडितका आफन्तको रहेको छ।

 

निम्न आर्थिक अवस्था भएको तथा सोझो परिवारकी महिलाको मृत्यु भएको हो। १७ गते प्रमुख शाहि आएपछि पेट थिचेर बच्चा जन्माउन खोजेपछि आधा बच्चा निस्किएर महिलाको मृत्यु भएको आफन्तको आरोप छ। तर स्वास्थ्यकर्मीहरु भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गर्छन। स्वास्थ्य चौकीमै मृत्यु भएको मृतकका श्रीमान समिर सेलिङले बताए।

आफन्तहरुले इन्चार्ज शाही, अनमी तामाङ र अनमी बर्षा गौतम विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि दर्ता हुन सकेको छैन।

सोमवारनै लिखित उजुरी प्रहरी कार्यालयमा आएपछि प्रहरीले दर्ता गरेको छैन। पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवारले भने आफूसमक्ष जाहेरी नआएको दाबी गरे। उपचारमा लापार्वाही गरीएको तथा समयमा रेफर समेत नगरीएको भन्दै स्थानीयले स्वाथ्य चौकीमा तालाबन्दी गरेका छन्। मृतकको शवको पोष्टमार्टम हुन सकेको छैन। जाहेरी दिएरमात्र पोष्टमार्टम गर्ने आफन्तको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...