‘नेपाल प्रहरी एसियामै अब्बल र उत्कृष्ट’



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी दक्षिण एसियामै अब्बल र उत्कृष्ट रहेको दाबी गरेका छन् । उनले नेपाल प्रहरीलाई अझै उत्कृष्ट बनाउँदै लैजाने समेत प्रतिवद्धता जनाएका छन् ।

पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकको समस्यालाई बुझ्दै नयाँ ढङ्गबाट उत्कृष्ट र प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् ।

 

पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित कार्यालय र व्यारेक भवनको सोमबार उद्घाटन गर्दै उनले यसो भनेका हुन् ।

प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन कटिवद्ध भई काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले गलत कार्य गर्नेलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने बताएका छन् ।

 

प्रहरी महानिरीक्षक खनालले स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै शान्ति सु–व्यवस्था कायम राख्न, जनताले अनुभूति गर्ने गरी न्याय सम्पादन गर्न र समृद्ध मुलुक निर्माणमा सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताए ।

 

कूल २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त ५ तले भवनबाट आजैदेखि कार्यालय सेवा शुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...