‘नेपाल प्रहरी एसियामै अब्बल र उत्कृष्ट’



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी दक्षिण एसियामै अब्बल र उत्कृष्ट रहेको दाबी गरेका छन् । उनले नेपाल प्रहरीलाई अझै उत्कृष्ट बनाउँदै लैजाने समेत प्रतिवद्धता जनाएका छन् ।

पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकको समस्यालाई बुझ्दै नयाँ ढङ्गबाट उत्कृष्ट र प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् ।

 

पर्सा वीरगञ्ज महानगरपालिका–४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित कार्यालय र व्यारेक भवनको सोमबार उद्घाटन गर्दै उनले यसो भनेका हुन् ।

प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन कटिवद्ध भई काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले गलत कार्य गर्नेलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने बताएका छन् ।

 

प्रहरी महानिरीक्षक खनालले स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै शान्ति सु–व्यवस्था कायम राख्न, जनताले अनुभूति गर्ने गरी न्याय सम्पादन गर्न र समृद्ध मुलुक निर्माणमा सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताए ।

 

कूल २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त ५ तले भवनबाट आजैदेखि कार्यालय सेवा शुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...