अब सहकारी संस्थाहरु ‘मर्ज’ हुने, यस्तो छ सरकारी तयारी



हाम्रो इकोनोमि

 

सरकारले अब देशभरका सहकारी संस्थाहरुको ‘मर्ज’ गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साना सहकारीलाई मर्जरमा लैजाने तयारी भइरहेको बताएकी छिन् ।

नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीको मापदण्ड तयार गरी गरिबी निवारणको मेरुदण्डको रुपमा विस्तार गरिने बताइन् । गरिबी निवारणको लागि गरिब परिचयपत्र दिएर मात्रै नहुने तर्क उनको थियो । उनले भनिन्, ‘गरिबी निवारणको लागि जतिसक्दो धेरै मानिसलाई रोजगारी दिनुपर्छ ।’

सहकारीले आम जनताको जीवनस्तर उकास्न प्रभावकारी भूमिका खेलेको उनले बताइन् । एक÷दुई वटा सहकारीले बद्मासी गरे भन्दैमा सबैलाई एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ थियो । हाल मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान ४ दशमलब ५ प्रतिशत रहेकामा आगामी ५ वर्षभित्र यस्तो हिस्सा १० प्रतिशत पुर्‍याउने उनले बताइन ।

नेपाल बचत तथा ऋण सहाकारी संघ (नेफ्सकुन) का अध्यक्ष डिबी बस्नेतले नेपालका सहकारीले दक्षिण एसियामै उत्कृष्ट काम गरेको दावी गरे । अध्यक्ष बस्नेतले दक्षिण एसियाका २३ उत्कृष्ट सहकारीमध्ये नेपालका २० वटा त्यसभित्र परेको बताए । हाल मुलुकमा ३४ हजार सहकारीमा ६४ लाख सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...