समाचार

प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो, शवलाई घिसार्दै गरेका एकजना पक्राउ

  कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको हो ।