प्रम आेलीको पार्टी र सरकारमा एकलाैटी निर्णय, १० विवादित नियुक्ति, मच्चियो खैलाबैला



 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आेली पार्टी भित्रै विवादित बन्दै गएका छन् । सरकारले गर्ने विभिन्न राजनीतिक नियुक्तिका बारेमा प्रधानमन्त्रीले आफूखूशी गर्न थालेपछि नेकपाका धेरैजस्तो नेताहरु उनको कार्यशैली प्रति असन्तुष्ट बन्न पुगेका हुन् ।

 

प्रधानमन्त्री आेलीले पार्टीमा कुनै चलफल नै नगरि फटाफट नियुक्ति गरेकाले सरकारको लोकप्रियता मात्रै नभएर पार्टीमा योगदान दिएका योग्य मानिस रुष्ठ बन्ने स्थितिको सिर्जना भएको नेकपाका एक नेताले जनाए ।

 

यस्ता छन् पछिल्लो समय आेलीले गरेका विवादित नियुक्तिहरुः

१, मदन खरेल (नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष) अध्यक्ष खरेल झापाका हुन् । प्रधानमन्त्री आेलीले उनलाई वायुसेवामा नितुक्त गर्दा कसैसँग छलफल नगरेको भन्ने कुरा बाहिर आएको थियो । भने उनीमाथि ‘झापा’ मोह पलाएको भन्दै विरोध समेत हुन थालेको छ । यसअघि नियुक्त भएका महान्यायाधिवक्ता अग्नी खरेलदेखि अर्थमन्त्री डा. युवराज खतिवडासम्म उनकै गृहजिल्ला निवासी हुन् ।

 

२, दिगम्बर झा (दूरसञ्चार प्राधिकरण, अध्यक्ष) देउवा सरकारले नियुक्त गरेका झालाई प्रधानमन्त्री आेलीले नै काम नगर्नु भनेर निर्देशन दिएका थिए । त्यस लगत्तै उनलाई हटाइएपछि उनी चुप लागेर बसे तर पुनः उनैलाई नियुक्ति दिइयो । यसले पार्टीमा आन्तरिक विवादको रुप लिएपनि आेलिले कसैलाफई सुन्नै नचाहने गरेको स्रोतको दावी छ ।

 

३, सुरज वैद्य (राष्ट्रिय संयोजक, नेपाल भ्रमण वर्ष–२०२०) कम्युनिष्ट विचारसंग कुनै साइइनो नभएका वैद्य कसरी नियुक्ति पाए भन्ने नेकपाका नेताहरुलाई ने मेसो छैन् ।

 

४, अवदेशकुमार त्रिपाठी (उपाध्यक्ष, लुम्बिनी विकास कोष) बाैद्ध मार्गी नै नभएको र पार्टी भित्र कुनै योग्य नभएको जस्तो गरेर प्रधानमन्त्रीले नियुक्ति गरेको भन्दै नेकपामा एक नेताले तीब्र असन्तुष्टी जनाएका छन् ।

 

५, नीलाम्बर आचार्य (भारतका लागि प्रस्तावित राजदूत) केहि समय कम्युनिष्ट बनेका आचार्य कांग्रेसको कोटाबाट समेत सांसद बनेपछि उनको विरुद्धमा उत्रने नेकपामा ठूलै जमात रहेको जनाइन्छ ।

त्यसो त ओली नेतृत्वकै सरकारले नीलकण्ठ उप्रेतीलाई राजदूत बनाउने तयारी गरेको थियो । तर, उनको सिफारिस पार्टीभित्र विवादमा परेपछि आचार्यको नाम अघि सारिएको हो ।

 

६, सुशील भट्ट (सदस्य राष्ट्रिय, योजना आयोग)

७, सुनील पौडेल (राष्ट्रिय सूचना प्रविधि केन्द्र, कार्यकारी निर्देशक)

८, कृष्णमुरारी भण्डारी (कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान)

 

९, देवप्रकाश त्रिपाठी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध संहिता ऐन २०७४ लगायतका कानूनी व्यवस्थाका विषयमा सम्बद्ध क्षेत्रसँग परामर्श गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा समिति गठन गर्‍यो ।

१०, अञ्जान शाक्य (इजरायलका लागि प्रस्तावित राजदूत)

राजदूत सिफारिसमा ओली–प्रचण्डबीच खटपट ? यी मन्त्रीपनि रिसाए

कम्युनिस्ट प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीमा कुनै सल्लाह नगरी ४ मुलुकमा राजदूतका लागि सिफारिसको निर्णय गरेको खुलासा भएको छ ।

 

ओलीको दवावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चार देशका लागि राजदूत नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेको उच्च स्रोतले जनाएको छ ।

 

ओलीले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि आफ्नी साली अन्जान शाक्य र युनाइटेड अरब इमिरेट्स (युएई)का लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिश गर्ने निर्णय गराएका थिए ।

 

ओलीले राजदूत नियुक्तिमा दिएको दवावप्रति परराष्ट्रमन्त्री ज्ञवालीले पनि सन्तुष्टि जनाएका छैनन् । मन्त्री ज्ञवालीले आफू निकटका नेकपाका नेताहरूसँग ओलीलाई गाली गर्दै आफ्नो निरिहता देखाउने गरेका छन् ।

 

युएईका लागि राजदूत सिफारिस गरिएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । ढकालबाहेक सबैको सिफारिस राजनीतिक हो । राजनीतिक नियुक्तिका लागि भएको सिफारिसमा ओलीले पार्टीबाट निर्णय नगराएको माओवादी केन्द्र पृष्ठभूमि भएका एक नेताले बताए ।

 

ओलीले राजदूत नियुक्तिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत कुनै सल्लाह नगरेको एक नेताले बताए । ओलीको यो कार्यशैलीबाट रिसाएका छन् । तर, ओलीको विरोध गरेर पनि प्रचण्डले केही गर्न सक्ने छैनन् ।

 

ओलीले मलेसियाका लागि पाण्डे र भारतका लागि नीलकण्ठ उप्रेतीलाई राजदूत सिफारिसको निर्णय गरेका थिए । त्यस बेला पनि ओलीले नेकपामा कुनै परामर्श गरेका थिएनन् ।

 

एमाले पृष्ठभूमि भएका नेताहरूले प्रधानमन्त्री ओलीले आफ्नी साली अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको भन्दै आलोचना गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमा खुलेरै ओलीको आलोचना गरेका छन् । ओली सत्तामा पुग्दा अवसर लिनेमा अञ्जान शाक्य अग्रपंक्तिमा पर्छिन् ।

प्रधानमन्त्रीलाई सार्वजनिक कार्यक्रममा जान रोक

प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो ।

 

 

तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए ।

 

सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक सहभागी छन् ।

 

 

स्वास्थ्य अवस्था भने सामान्य
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको छ । तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ । ‘डिस्चार्जपछि हामीले प्रधानमन्त्रीज्यूलाई एक महिनाजति धेरै भिडभाडबाट टाढै रहन, चिसोबाट बच्न सुझाब दिएका छौँ,’ निजी चिकित्सक डा. दिलीप शर्माले  भने, ‘हाम्रो सुझाबलाई मनन गरेरै प्रधानमन्त्रीज्यू भिडभाड हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुनुभएको हुन सक्छ ।’

 

पछिल्लो संक्रमणमा एन्टिबायोटिक चलाइएकाले बढी भिडभाड हुने कार्यक्रममा जाँदा बल्झिन सक्ने भन्दै निजी चिकित्सकद्वय शर्मा र दिव्या सिंहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा ख्याल राख्नुपर्ने सुझाब पनि दिएका छन् ।

 

 

निवासबाटै सरकारी काम
चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ । छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचारपछि १६ कात्तिकमा डिसचार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् ।

 

पूर्ववत् सक्रिय रहेको सचिवालयको भनाइ
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी अहिले पूर्ण स्वस्थ रहेर पूर्ववत् रूपमै सक्रिय छन् । चिकित्सको सुझाबलाई मध्येनजर राखेरै दसैँयता स्वकीय सचिवालयले अत्यावश्यकीयबाहेक भेटघाट र सार्वजनकि कार्यक्रमलाई दैनिक कार्यतालिकामै राखेको छैन ।

 

तर, सरकारीनिवास बालुवाटारमै दलका शीर्ष नेताहरू, सरकारका उच्च अधिकारीसँग भेटघाट चलिरहेको छ । यस्तै, सरकारी निर्णयसँग जोडिएका फाइलहरू अध्ययन गर्ने, फाइल सदर गर्नेदेखि सबैखाले अत्यावश्यकीय काम गरिरहेका छन् ।

 

 

प्रधानमन्त्री भित्री काममा व्यस्त हुनुहुन्छ 
कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
प्रधानमन्त्रीज्यू अफिसियल (सरकारी) काममै व्यस्त हुनुभएकाले कोलोम्बो प्रोसेसअन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा नजानुभएको हो । चिकित्सकहरूले पनि सुझाब दिनुभएको छ, त्यसैले यो वेला प्रधानमन्त्रीज्यूले सार्वजनिक कार्यक्रमलाई भन्दा इन्डोर (भित्री) कामलाई प्राथमिकता दिनुभएको छ । शुक्रबार पनि उहाँ बालुवाटारमा दिनभनर काममै व्यस्त हुनुभयो । कुर्सीमा बसेर घाम ताप्दै भेटघाट र कुराकानी गर्नुभो’ ।

 

यहीँ(बालुवाटार)बाटै सबै काम भएकै छ । फाइलहरू आउँछन्, उहाँले अध्ययन गरेर स्वीकृत गर्नुभएको छ, कुनै काम रोकिएको छैन, त्यसैले केही दिनका लागि अझै उहाँ सिंहदरबार जानुहुन्न ।

प्रतिक्रिया दिनुहोस
बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

    बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ

९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले

बागमतीमा मन्त्रालय भागबन्डाको सहमति

    वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

  नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९