विश्वका यी देश जहाँ कमार्इको आधा भन्दा बढी कर तिर्नुपर्छ



हाम्रो इकोनोमि

 

 कर सबै देशको मूल आम्दानीको स्रोत हो । मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो । कर पनि देशका जनताहरुको तिर्न सक्ने क्षमताको आधारमा लगाईन्छ ।

 

यसको दर मुलुक अनुसार त भिन्न हुन्छ नै एउटा भ्याट मुलुकभर सबै एकै भएपनि स्थानीय करहरु एउटै मुलुकभित्र पनि फरक फरक हुन सक्छ । तर, हामीले यस्तो १० देश बताउँदैछौं । ती देशहरुले आफ्ना जनतासँग एकदमै धेरै मात्रामा कर उठाउने गरेका छन् ।

 

क्यारेवियाइ 
अरबको एक यस्तो देश जहाँ सबैभन्दा बढी प्रतिशत कर उठाईन्छ । आम्दानीमा यहाँ ५८ दशमलव ९५ प्रतिशतसम्म कर उठाउने गरिएको छ । झण्डै ३ करोड ७५ लाख जनसंख्या रहेको सो देश क्यारेबियाइ क्षेत्र अन्ध महासागरमा स्थित एक द्वीप समूह हो। यह द्वीपसमूह ४ हजार २० किलोमिटर लम्बाई तथा २६७ किलोमीटर चौडाईको क्षेत्रमा छ ।

 

स्वीडेन 
स्वीडन ट्याक्सको मामलामा दुनियाँमा दोस्रो नम्बरमा तथा यूरोपमा पहिलो नम्बरमा पर्दछ । यहाँ कूल आम्दानीको ५६ दशमलव ६ प्रतिशत ट्याक्स तिर्नु पर्दछ । स्वीडेन उत्तरी युरोपको एक देश हो । यसको राजधानी स्टकहोम यसको मुख्य व्यापारिक क्षेत्र हो । यो एक संबैधानिक तथा लोकतान्त्रिक राजतन्त्र रहेको देश हो ।

 

डेनमार्क
धेरै करको दर रहेका मुलुकहरुमा तेस्रो नम्बरमा डेनमार्क पर्दछ । यो देशमा कूल आयकरको ५५ प्रतिशतसम्म कर तिर्नुपर्छ । यो उत्तर यूरोपको एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन। डेनमार्कमा थुप्रै टापु छन , तर कुनै पहाड छैन। डेनमार्क एउटा राजतन्त्र भएको देश हो र त्यसको राजधानी कोपनहेगन हो।

 

नेदरल्याण्ड 
नेदरल्याण्ड पनि धेरै करको दर रहेका मुलुकहरुको तेस्रो नम्बरमा पर्दछ । यो देशमा कुल आयको ५२ प्रतिशत कर तिर्नुपर्छ । यो देश युरोपको उत्तर पश्चिम क्षेत्रमा पर्ने देश हो । यहाँ एक करोड ७२ लाख भन्दा बढी जनसंख्या रहेको छ ।

 

बेल्जियम
बेल्जियम पनि धेरै करको दर तोकेको सूचीमा पाँचौं नम्बरमा छ । यो देशमा कूल आयको ५० प्रतिशत कर तिर्नुपर्छ । यो उत्तर(पश्चिमी यूरोपमा पर्ने देश हो । यो यूरोपीय संघका संस्थापक सदस्य हो ।

 

अष्ट्रिया
झण्डै ८ करोड मानिस बसोबास गर्ने अष्ट्रिया यूरोपको सबैभन्दा बढी ट्याक्सको दर भएको देशमा पर्दछ । यहाँ ७४ हजार ४ सय ४२ डलरको कमाइमा सालानाला ५० प्रतिशत भन्दा बढी कर तिर्नु पर्छ ।

 

जापान 
अर्को मुलुकमा जापान पनि अधिक करको दर रहेको मुलुक हो । जापानको टोकियो शहर यस्तो शहर हो । जहाँ धेरै अरबपतिहरु बस्छन् । यहाँ कर पनि आफैं तिर्दछन् । यहाँ सरकारले आय करको दर ५० प्रतिशत तोकेको छ ।

 

संयुक्त अधिराज्य बेलायत 
संयुक्त अधिराज्य बेलायतमा पनि आफ्नो कमाईको सालानाला ५० प्रतिशत कर राज्यलाई तिर्नुपर्छ । यो देशमा २ लाख ३४ हजार ४ सय ८४ डलरको आयमा सालाखाला ५० प्रतिशत ट्याक्स तिर्नु पर्छ ।

 

फिनल्याण्ड 
फिनल्याण्डको औसत आयो ३१ हजार डलर प्रतिव्यक्ति आय छ । तर, ८७ हजार २ सय २२ डलर प्रतिव्यक्ति आय भएका व्यक्तिले ४९ दशमलव २ प्रतिशत ट्याक्स दिनुपर्छ ।

 

आयरल्याण्ड 
धेरै करको दर तोक्ने मुलुकमा १० औं देश हो आयरल्याण्ड १० औं नम्बरमा पर्दछ । यहाँ ४० हजार ६ सय ९६ डलर भन्दा ज्यादा आय भएका व्यक्तिले ४८ प्रतिशत ट्याक्स तिर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...