प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उहाँले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

“प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन ।

 

आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ ।

 

यही अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व सङ्कलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा सङ्कल्प अवश्य पूरा गरिनेछ ।”

 

वर्षौँदेखिको राजनीतिक सङ्घर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिनुभएको छ ।

 

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्गचित्र कोरिसकेका छौँ । त्यसैले हाम्रो राष्ट्रिय आकाङ्क्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रूपमा गर्न आवश्यक छ ।”

 

सरकार आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगेको उहाँले जनाउनुभएको छ । “तर सरकारले शुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्दछ”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेवापत तिर्नुपर्ने अतिरिक्त रकम हो ।

 

राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत सङ्कलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...