समाचार

पैसाले होइन इमानले रंगशाला बनाउँछु : सीताराम कट्टेल

  गतवर्ष, धूपले खारिएको धूमिल साँझ। भोटाहिँटी ललितकलाको सामुन्नेमा बसेर आँखा जुधाइरहेको एउटा क्याफेमा भेट भए- सीताराम कट्टेल। निकै गलेका देखिन्थे उनी। त्यति थकान त सिन्धुपाल्चोकको गिरानचौरको ढलेको बस्ती उठाउँदा पनि भएको थिएन होला। थाङ्ग्रे-डोकामा ढुंगो बोक्दा पनि भएन होला,