मन्त्री अधिकारीको शव काठमाडौं पठाइयो (तस्वीरहरुसहित)



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाइएको छ ।

 

सेनाको हेलिकप्टरमा राखेर शव काठमाडौं पठाइएको हो। मौसमको खराबीका कारण दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ पठाउन अप्ठेरो भएको थियो । तर, मध्यान्ह मौसममा केही सुधार भएपछि काठमाडौँ पठाइएको हो ।

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहितको शव ताप्लेजुङको सुकेटार विमानस्थबाट बिहीबार काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टरमा राखिँदै । तस्वीरः नारायण ढुंगाना, रासस

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिने बताइएको छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेल र पार्टी कार्यालयमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव सम्भवतः आज नै गृहजिल्ला कास्की लगिने छ। कास्कीमै मन्त्री अधिकारीको अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...