मन्त्री अधिकारीको शव काठमाडौं पठाइयो (तस्वीरहरुसहित)



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाइएको छ ।

 

सेनाको हेलिकप्टरमा राखेर शव काठमाडौं पठाइएको हो। मौसमको खराबीका कारण दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ पठाउन अप्ठेरो भएको थियो । तर, मध्यान्ह मौसममा केही सुधार भएपछि काठमाडौँ पठाइएको हो ।

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहितको शव ताप्लेजुङको सुकेटार विमानस्थबाट बिहीबार काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टरमा राखिँदै । तस्वीरः नारायण ढुंगाना, रासस

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिने बताइएको छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेल र पार्टी कार्यालयमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव सम्भवतः आज नै गृहजिल्ला कास्की लगिने छ। कास्कीमै मन्त्री अधिकारीको अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...