हिउँले घेरियो उपत्यका, १२ वर्षपछि काठमाडौंमै हिमपात (फोटो फिचर)



हाम्रो इकोनोमि

 

 

बुधबारदेखिको अवरिल वर्षासँगै काठमाडौंमा हिउँ परेको  छ ।

राजधानीका रामकोट, बूढानीलकण्ठ, नागार्जुन, भक्तपुरको दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहीबार पनि हल्का हिउँ परेको हो ।

उपत्यकाभित्र हिमपात भएको १२ वर्षपछि यो पहिलो पटक हो । लगातारको बदली तथा वर्षाका कारण उपत्यकामा  चिसो पनि बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहने छ ।

बाँकी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ ।

 

ज्वनो एक फाइदाजनक र गुणकारी मसला (चिज) हो। ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं। स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन्। ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ।जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ।

आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ। यसको सेवनले पेट वा छाँती दुखाई बाट छुटकारा पाउनुका साथै खोकी लाग्नबाट बचाउँछ।

यसका साथै जिउ चिलाउने, डकार आउने, पिसाब रोक्ने र पत्थरी जस्ता बिमारीहरुबाट छुटकारा पाउन मद्धत गर्छ।

आयुर्वेदका अनुसार पाचक औषधीहरुमध्ये ज्वानो एक महत्वपूर्ण र प्रभावकारी औषधी हो। ज्वनोले सयौँ किसिमका अन्नलाई पचाउन सहयोग गर्छ।

– यदि तपाइँको पेट खराब भएको छ भने ज्वनोलाई चपाई चपाई खानुहोस् र एक गिलास तातो पानी पिउनुहोस्। पे टमा किरा छ भने थोरै बिरेनुन(कालो नुन) सँग यसको सेवन गर्नुहोस् र एक गिलास मन तातो पानी पिउनुहोस्। पाचन प्रक्रियामा कुनै किसिमको गढबढी भएमा ज्वनोको पानी सेवन गर्दा एकदम फाइदा हुन्छ।

– ज्वनोले तौल घटाउन सहयोग गर्छ। एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउनुहोस्। बिहान उठेपछी यो पानीलाई छानेर पिउनुहोस्। यसको लगातार सेवन गर्नाले मोटोपनबाट छुटकारा पाउँछ।

– दाँतको गिजा सुन्निने वा दुख्ने जस्ता समस्या छ भने मन तातो पानीमा केहि थोपा ज्वनोको तेल मिसाएर मुख कुल्ला गर्नु होस्। यसले सुन्निने वा दुखेको समस्या कम गर्छ।

– ज्वनोले खोकीलाई ठिक गर्छ। यदि तपाइँलाई खोकी लागेको छ भने ज्वनोको रसमा दुई चिम्टी कालो नुन मिसाएर यसको सेवन गर्नुहोस् र यसपछी तातो पानी पिउनुहोस्। यसले खोकीलाई ठिक गर्छ।

– रुघा र ज्वरोलाई हटाउनको लागि ज्वनो एक अचुक औषधी हो।

त्यस्तै यदि चिसो लागेको छ भने ज्वनो चपाएर पानीका साथ निल्नुहोस्। यसले एकदम राहत मिल्छ।यसरी ज्वनोको सेवनले ग्यास, कब्जियत, एसीडीटि जस्ता समस्यालाई दुर गर्ने देखि पेट सफा गर्न र मोटोपन घटाउन सम्म मद्धत गर्छ।

ज्वनोको पानी बनाउने विधि: एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउने। बिहान उठेपछी यो पानीलाई १/२ मिनेट जति उमाल्ने र मन तातो भए पछी छानेर पिउने। नियमित ज्वनो पानी पिउँदा पेटसम्बन्धी सम्पूर्ण समस्याहरु हट्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...