सुकेटार विमानस्थलमा ३ फिट बाक्लो हिमपात, शव ल्याउन समस्या



हाम्रो इकोनोमि

 

 

सुकेटार विमानस्थलमा ३ फिट बाक्लो हिमपात भएपछि शव ल्याउन समस्या भएको छ ।  सुकेटार विमानस्थलमा बाक्लो हिमपात भएपछि बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव काठमाडौँ लैजान समस्या भएको छ । बुधबार हिमपातबीच पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये चारजनाको शव घटनास्थल तारेभीर क्षेत्रबाट संकलन गरेर नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। दुर्घटनामा परेपछि जलेकामध्ये दुईजनाको मात्रै शव चिनिने अवस्थामा छ ।

खराब मौसम र भिरमा भएको दुर्घटनाका कारण तीनजनाको शव बिहीबार बिहान मात्रै सुकेटार विमानस्थलमा ल्याउन सकिएको थियो। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमै प्रहरीसहितको उद्दार टोली बसेको थियो ।

सातैजनाको शव राखिएको सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ । पानी र हिमपातका कारण शव काठमाडौँ लैजाने हेलिकोप्टर उड्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...