समाचार

पाटन अस्पतालमा काेराेनाबाट तीन जनाकाे मृत्यु

  काेराेना भाइरसकाे संक्रमणबाट ललितपुरकाे पाटन अस्पतालमा उपचाररत् तीन जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन् ।