भीमनारायणको भावलहर कविता संग्रह विमोचन



हाम्रो इकोनोमि

 

साहित्यकार भीमनारायण श्रेष्ठको भावलहर कविता संग्रह पुस्तक विमोचन भएको छ । चन्द्रागिरि साहित्य समाजले प्रकाशित गरेको कविता संग्रह भावलहरको विमोचन चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा गरिएको हो । कार्यक्रममा साहित्यकार श्रेष्ठले आफुले २०३६ सालदेखि कविता लेख्न सुरु गरेको र लामो समयपछि त्यसले पूर्णता पाएको बताउनु भयो । उहाँले आफु नेपाल सरकारको कर्मचारीको रुपमा काम गर्दै गर्दा फाट्टफुट्ट कविता लेख्ने गरेको र रिटायरपछि पनि कविताहरु कोर्दै गर्दा आज त्यसले दस्तावेजको रुप लिएको उल्लेख गर्नुभयो । उहाँले भावलहरमा समेटिएका केही कविताहरु पत्रपत्रिकामा छापिएको, साहित्यिक कार्यक्रममा आफुले वाचन गरिसकेको र केही नयाँ कविताहरु मिलाई भावलहर कविता संग्रह पुस्तक बाहिर ल्याएको बताउनु भयो । कामकै शिलशिलामा साहित्यीक व्यक्तित्वहरुसँग भेट गर्दै जाँदा आफु यस क्षेत्रमा लागेको पत्तै नभएको उहाँ बताउनु हुन्छ । श्रेष्ठले आफ्नै नेतृत्वमा साहित्यीक संस्था पनि गठन गरी शनिवार्य कवि गोष्ठी पनि गर्दै आएको जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा आफ्नो पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । प्रमुख गिरीले श्रेष्ठ र आफु बालसखा रहेको, गुच्चा खेल्दैसँगै हुर्किएको तर आज उहाँको पहिलो कृति नै आफुले विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आजका दिनसम्म श्रेष्ठसँग धार्मिक, साहित्यीक, ऐतिहासिकलगायतका कार्यमा सधैसँगै रही काम गर्ने अवसर मिलेको पनि उल्लेख गर्नुभयो । उहाँले यो कृतिले श्रेष्ठको थप अर्को पहिचान बनेको पनि बताउनु हुन्छ ।

प्रमुख गिरीले आफुलाई पनि साहित्यीक क्षेत्रमा रुची भएकाले कहिलेकाहि कविता कोर्ने गरेको बताउँदै श्रेष्ठको भावलहर पुस्तक विमोचन गर्दै गर्दा आफ्नो छरिएर रहेका कवितालाई दस्तावेजीकरण गर्ने इच्छा जागेको उल्लेख गर्नुभयो । उहाँले पहिलाका लेखकको दस्तावेजले हाम्रो पहिचान, अस्तित्व बनेको र अहिलेको पुस्ताको दस्तावेजले भावी पुस्ताको अस्तित्व रहने हुँदा साहित्य क्षेत्रलाई नगरबाट हुनसक्ने सबै खालको सहयोग गर्न आफु पछि नपर्ने आवश्वासन दिनुभयो ।

इतिहास अध्ययन अन्वेषणकर्ता एवम् साहित्यकार रवीन्द्र रिजालले चन्द्रागिरि नगरपालिका आर्ष साहित्य भूमिको रुपमा परिचित रहेको बताउनु भयो । उहाँले सोमनाथ सिग्देल, शिखरनाथ सुवेदी, चन्द्रबर्मा गोमी जस्ता व्यक्तित्वहरुको गाउँ नै यही भएकोले अहिलेको पुस्ताको लागि गौरबको विषय भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘पहिला साहित्य लेखन एउटा उद्देश्यमा आधारित भई लेखिने गरिन्थ्यो, अहिले पैसाको बलमा साहित्य र इतिहास बङ्ग्याइँ लेखिन थालियो । अर्काको लेखलाई पैसाकै भरमा आफ्नो कृति बनाउन थालियो ।’ रिजालले लिच्छवी कालिन समयमा हामी बसेको गाउँ ऐतिहासिक, सांस्कृतिक शहर शिताटी द्रङगको रुपमा पनि परिचित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि साहित्य समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीशा नकर्मी, वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार धनबहादुर गोपाली, वडा अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...