भीमनारायणको भावलहर कविता संग्रह विमोचन



हाम्रो इकोनोमि

 

साहित्यकार भीमनारायण श्रेष्ठको भावलहर कविता संग्रह पुस्तक विमोचन भएको छ । चन्द्रागिरि साहित्य समाजले प्रकाशित गरेको कविता संग्रह भावलहरको विमोचन चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा गरिएको हो । कार्यक्रममा साहित्यकार श्रेष्ठले आफुले २०३६ सालदेखि कविता लेख्न सुरु गरेको र लामो समयपछि त्यसले पूर्णता पाएको बताउनु भयो । उहाँले आफु नेपाल सरकारको कर्मचारीको रुपमा काम गर्दै गर्दा फाट्टफुट्ट कविता लेख्ने गरेको र रिटायरपछि पनि कविताहरु कोर्दै गर्दा आज त्यसले दस्तावेजको रुप लिएको उल्लेख गर्नुभयो । उहाँले भावलहरमा समेटिएका केही कविताहरु पत्रपत्रिकामा छापिएको, साहित्यिक कार्यक्रममा आफुले वाचन गरिसकेको र केही नयाँ कविताहरु मिलाई भावलहर कविता संग्रह पुस्तक बाहिर ल्याएको बताउनु भयो । कामकै शिलशिलामा साहित्यीक व्यक्तित्वहरुसँग भेट गर्दै जाँदा आफु यस क्षेत्रमा लागेको पत्तै नभएको उहाँ बताउनु हुन्छ । श्रेष्ठले आफ्नै नेतृत्वमा साहित्यीक संस्था पनि गठन गरी शनिवार्य कवि गोष्ठी पनि गर्दै आएको जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा आफ्नो पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । प्रमुख गिरीले श्रेष्ठ र आफु बालसखा रहेको, गुच्चा खेल्दैसँगै हुर्किएको तर आज उहाँको पहिलो कृति नै आफुले विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आजका दिनसम्म श्रेष्ठसँग धार्मिक, साहित्यीक, ऐतिहासिकलगायतका कार्यमा सधैसँगै रही काम गर्ने अवसर मिलेको पनि उल्लेख गर्नुभयो । उहाँले यो कृतिले श्रेष्ठको थप अर्को पहिचान बनेको पनि बताउनु हुन्छ ।

प्रमुख गिरीले आफुलाई पनि साहित्यीक क्षेत्रमा रुची भएकाले कहिलेकाहि कविता कोर्ने गरेको बताउँदै श्रेष्ठको भावलहर पुस्तक विमोचन गर्दै गर्दा आफ्नो छरिएर रहेका कवितालाई दस्तावेजीकरण गर्ने इच्छा जागेको उल्लेख गर्नुभयो । उहाँले पहिलाका लेखकको दस्तावेजले हाम्रो पहिचान, अस्तित्व बनेको र अहिलेको पुस्ताको दस्तावेजले भावी पुस्ताको अस्तित्व रहने हुँदा साहित्य क्षेत्रलाई नगरबाट हुनसक्ने सबै खालको सहयोग गर्न आफु पछि नपर्ने आवश्वासन दिनुभयो ।

इतिहास अध्ययन अन्वेषणकर्ता एवम् साहित्यकार रवीन्द्र रिजालले चन्द्रागिरि नगरपालिका आर्ष साहित्य भूमिको रुपमा परिचित रहेको बताउनु भयो । उहाँले सोमनाथ सिग्देल, शिखरनाथ सुवेदी, चन्द्रबर्मा गोमी जस्ता व्यक्तित्वहरुको गाउँ नै यही भएकोले अहिलेको पुस्ताको लागि गौरबको विषय भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘पहिला साहित्य लेखन एउटा उद्देश्यमा आधारित भई लेखिने गरिन्थ्यो, अहिले पैसाको बलमा साहित्य र इतिहास बङ्ग्याइँ लेखिन थालियो । अर्काको लेखलाई पैसाकै भरमा आफ्नो कृति बनाउन थालियो ।’ रिजालले लिच्छवी कालिन समयमा हामी बसेको गाउँ ऐतिहासिक, सांस्कृतिक शहर शिताटी द्रङगको रुपमा पनि परिचित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि साहित्य समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीशा नकर्मी, वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार धनबहादुर गोपाली, वडा अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...