महेन्द्रबहादुर शाही : आफुले खनेको खाल्डोमा आफै परे



हाम्रो इकोनोमि

 

कर्णाली नेकपामा मुख्यमन्त्री शाहीसँग १३ (पूर्वमाओवादी समूह), यामलाल कँडेलसँग १२ (ओली समूह) र प्रकाश ज्वालासँग ८ (नेपाल समूह) सांसद थिए । अविश्वासको प्रस्तावमा भने तीनजना पूर्वमाओवादीका सांसदले समेत हस्ताक्षर गरेका थिए । यसले मुख्यमन्त्री आफ्नै कारण असन्तुष्टि बढ्दै गएको अनुमान गर्न गाह्रो पर्दैन ।

माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित हुनुअघिदेखि नै यामलाल कँडेलले असन्तुष्टि राख्न थालेका थिए । ४० सांसद रहेको कर्णाली प्रदेशमा तत्कालीन एमालेले २० र माओवादीले १३ सिट जितेको थियो । यही संसद समीकरण देखाएर कँडेलले शाहीलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव समेत राखेका थिए । तर, पार्टी केन्द्रको सहमति भन्दै शाहीले कँडेलको प्रस्ताव अस्वीकार गरिदिए ।

नेकपाका प्रदेश सह–इन्चार्ज रहेका कँडेलले यसपछि लगातार मुख्यमन्त्री शाहीलाई असहयोग गर्दै आएका थिए । सार्वजनिक मञ्चबाट मात्रै नभएर कँडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत असहयोग गरे । कतिसम्म भने चालु आर्थिक वर्ष र गएको वर्षको बजेट आफ्नै पार्टीका सांसदहरुले पारित गराउन नदिएपछि संशोधन गरिएको थियो । तर, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले साथ दिँदै आएको थियो ।

जब, भौतिक पूर्वाधार मन्त्री खड्ग खत्री बैंकिङ कुसर सम्बन्धी मुद्दाका कारण पदमुक्त भए, त्यसपछि मुख्यमन्त्री शाहीसँग नेपाल समूहसमेत असन्तुष्ट बन्यो । रिक्त मन्त्रालयमा चन्द्र शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाहीलाई नेपाल समूहले एक वर्षदेखि आग्रह गर्दै आएको थियो । तर, मुख्यमन्त्री शाहीले उक्त मन्त्रालय आफैं राखेर नयाँ मन्त्री नियुक्त गरेनन् ।

नेपाल पक्षका नेताहरुले चन्द्र शाहीलाई मन्त्री बनाउँदा मन्त्रिपरिषदमा समेत सन्तुलन कायम हुने तर्क गर्दै आएका थिए । कर्णाली प्रदेशमा नेता नेपाल पक्षबाट प्रकाश ज्वाला मात्रै मन्त्री छन् । मुख्यमन्त्रीका दुई र कँडेलको सिफारिसमा दुई मन्त्री छन् ।

६ वटा प्रदेशमा प्रष्ट बहुमतसहित सरकार बनाएको नेकपाले पार्टी एकीकरण अगाडि मुख्यमन्त्री भागबण्डा गरेको थियो । त्यसअनुसार, प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्व एमाले कोटाका मुख्यमन्त्री छन् भने कर्णाली र सुदूरपश्चिममा पूर्वमाओवादी कोटाका मुख्यमन्त्री छन् ।

तर, मुख्यमन्त्री शाहीले नेपाल समूहलाई पूर्वएमालेको आँखाले हेर्न नछोड्ने र पेलेर जाने रणनीति बनाएको बुझाइ विकसित हुँदै गएको थियो । यसैबेला कँडेलले अगुवाइ गरेको अविश्वासको प्रस्तावमा नेपाल समूहका सात र पूर्वमाओवादी समूहका तीन सांसदले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...