सुरेन्द्र पाण्डेलाई महासचिवको जिम्मेवारी दिने तयारी



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद् हेरफेरको बिषयमा मत बाझिँदा सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पु्ष्पकमल दाहालबीचका बारम्बारका भेटवार्ता अर्थहीन हुँदै गइरहेका छन् । गुटगत स्वार्थ, मन्त्रालय रोज्ने हानथाप हुँदै अहिले पार्टीकै जिम्मेवारी हेरफेरको दाउपेचले दुई अध्यक्षबीच समझदारी नजुट्दा मन्त्रिपरिषद पुनर्गठन नै अलपत्र परेको छ ।

 

एक महिनादेखि रिक्त अर्थमन्त्रीको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिने बिषयमा नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच मतभेद छैन । तर पौडेललाई अर्थमन्त्री बनाउने हो भने महासचिवको जिम्मेवारी अर्को नेतालाई दिनुपर्ने अडान वरिष्ठनेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष दाहालसँग राखेका छन्। प्रधानमन्त्री ओलीले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री नदिने र पाण्डेले अर्थबाहेक अर्को मन्त्रालय नलिने अडान राखेपछि यस्तो प्रस्ताव आएको स्रोतको दाबी छ ।

नेपालपक्षले पौडेललाई अर्थमन्त्री बनाउने हो भने पाण्डेलाई महासचिवको जिम्मेवारी दिनुपर्ने भनेको छ। ओली भने पौडेलको पार्टी जिम्मेवारी यथावत राखेर अर्थमन्त्री बनाउने पक्षमा छन् । जसका कारण दुइअध्यक्षको भेटबार्ता निष्कर्षविहीन बनिरहेको छ। पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेपाल र खनालले दरिलो साथ दिएकोले पनि अहिले दाहाल उनीहरुलाई उपेक्षा गर्ने पक्षमा छैनन् ।

अर्कोतर्फ जिम्मेवारी फेरबदल नै गर्ने हो भने  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि यसमा दाबा गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्री अहिले खाली रहेका मन्त्रालय मात्र भर्न चाहन्छन । उनी फेरबदलका पक्षमा देखिन्नन ।  अर्कोतिर दाहाल भने टिम नै फेर्न चाहन्छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले दुइबर्ष कार्यअवधि पुरा गरेका प्राय सबैलाई बिदा गरेर नयाँलाइ अवसर दिनुपर्ने दाहालको प्रस्ताव छ ।

यो रस्साकस्सी किन पनि चलिरहेको छ भने दुबै अध्यक्षले मन्त्रिपरिषद पुनर्गठनबाट शक्ति आर्जन गर्ने र महाधिवेशनको रणनीति बनाउनेसँग पनि जोडेर हेरिरहेका छन् । यही कारण बारम्वरको भेटवार्ता अर्थहीन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...