नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेशको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको देउवाले सुनाएका छन् । उक्त बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निकालिएको छ ।
सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको
नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन्
नेकपा एकीकृत समाजवादीले आज ३ बजे सचिवालय बैठक बोलाएको छ । अचानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक