विचाराधीन विधेयकलाई अघि बढाउने सत्तापक्षीय दलको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । नेकपा (एमाले)को संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको छ । संसदमा टेबुल भएका अध्यादेशहरुका विषयमा पनि छलफल भएको छ । खासगरी संसदमा विचाराधीन कयौं विधेयकहरू छन् जसमा दुवै सदनका महत्वपूर्ण देखिएका विधेयकहरुलाई निश्कर्षमा पुर्‍याउने र विधेयकहरु अगाडि बढाउने र एउटाबाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरुलाई पनि निश्कर्षमा पुर्‍याउने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...