विचाराधीन विधेयकलाई अघि बढाउने सत्तापक्षीय दलको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । नेकपा (एमाले)को संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको छ । संसदमा टेबुल भएका अध्यादेशहरुका विषयमा पनि छलफल भएको छ । खासगरी संसदमा विचाराधीन कयौं विधेयकहरू छन् जसमा दुवै सदनका महत्वपूर्ण देखिएका विधेयकहरुलाई निश्कर्षमा पुर्‍याउने र विधेयकहरु अगाडि बढाउने र एउटाबाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरुलाई पनि निश्कर्षमा पुर्‍याउने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...