संविधानमा जनयुद्ध स्वीकार गरिएको छ : माधव सापकोटा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने स्वीकार्य नहुने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धले ल्याएको व्यवस्थाबाट वडा सदस्यदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपति हुन तर जनयुद्धलाई अपमान गर्न नमिल्ने बताए । उनले भने, ‘जनयुद्धलाई वैधानिक रूपमा लिने कि नलिने भन्ने बहस छ। संविधान निर्माणको बेलामा पनि यो निकै ठूलो छलफल र बहस पनि भयो । ठूलो बहस भएपछि संविधान सशस्त्र संघर्ष लेख्ने र व्याख्यात्मक टिप्पणीमा जनयुद्ध लेख्ने भन्ने व्यवस्था गरिएको छ । संविधानमा सशस्त्र संघर्ष लेखिए पनि व्याख्यात्मक घोषणामा जनयुद्ध भन्ने शब्द लेखेको छ ।

नेपालको संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकार गरिएको जिकिर गरे । उनले थपे, ‘संसदमा पनि बहस भइरहेको छ, हामीले जनयुद्धलाई के शब्द भन्ने भन्ने धेरै हिसाबकिताब गरेका छैनौँ । यो के हो ? भन्ने कुरा भोलि मान्छेहरूले खोज अनुसन्धान गर्छन् । जनयुद्धलाई कसैले सशस्त्र संघर्ष भन्ला, कसैले हिंसा भन्ला त्यो मुख्य कुरा होइन। तर, जनयुद्धले ल्याएको उपलब्धिलाई अपमान गर्न मिल्दैन । हामीले संसदमै बोलेको पनि तपाईँहरूले सुन्नुभएकै होला । सार्वजनिक रूपमै पनि भनेका छौँ । नेपालको संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकारिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...