माधव नेपालले कांग्रेसको प्रस्ताव मान्नुपर्ने देउवाको तर्क, नत्र पार्टी फुटाईदिने चेतावनी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्ने विकल्पका रुपमा नेकपा एकीकृत समाजवादीसँग छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको पदाधिकारी छलफलमा यसबारेमा कुरा उठेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको भेटमा अध्यादेश पारित हुने भन्दै विकल्पहरु रहेको संकेत गरेका थिए । प्रधानमन्त्रीले मधेशवादी दलको विकल्पमा अन्य जुगाडको संकेत दिएलगत्तै कांग्रेस नेताहरुले नेकपा एसको सहयोग लिन पहल थालेका हुन् ।

राष्ट्रिय सभामा नेकपा एसको सीट ८ सीट छ । कांग्रेस संस्थापनका नेताहरुको छलफलमा अध्यादेश ल्याएर नेकपा एस विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासमा कांग्रेसले साथ नदिएर माधव नेपालको आग्रह मानेको भन्दै त्यसको बदलामा अब नेकपा एसले कांग्रेसको प्रस्ताव मान्नुपर्ने तर्क समेत उठेको एक नेताले बताए ।

अहिले पनि राजनीतिक दल सम्बन्धी ऐनका कतिपय दफा एमाले विभाजनदेखि नै निलम्बित छन् । अध्यादेश संसदमा आएर प्रतिस्थापन नभएकाले अब यहि संसद अधिवेशनमा विधेयक ल्याउने तयारी छ ।

नेकपा एसका राष्ट्रिय सभाका ३ जना सांसद पनि दल विभाजनको पक्षमा रहेको जानकारी कांग्रेस नेताहरुले माधव नेपाललाई गराउने र अहिले अध्यादेशमा सहयोग गरे विधेयकमा सघाउने आश्वासन दिने तयारी गरेका छन् । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई नेकपा एससँग छलफल गर्न जिम्मा दिइएको नेताहरुले बताएका छन् ।

नेकपा एसले अध्यादेशको पक्ष वा विपक्षमा अहिलेसम्म निर्णय गरिसकेको छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित माओवादी १८,कांग्रेस १६,एमाले ११, नेकपा एस ८,जसपा नेपाल ३,लोसपा १ र जनमोर्चाको १ सीट छ । त्यस्तै राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् । जसपा र लोसपाले विपक्षमा उभिँदा सत्तापक्षमा २७ सीटमात्र हुन्छ । वामदेवको मत थपिँदा पनि बहुमतका लागि आवश्यक २ सीट पुग्दैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...