प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् । माओवादी सशस्त्र युद्ध सुरूको ३०औं वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा नेता शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताएका हुन् ।

‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्याएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् । पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए (शक्ति बस्नेत) तर केही भएन । अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।

पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू शुरूदेखि नै संलग्न रहेको बताए । उनले रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको प्रसंग समेत कोट्याउँदै पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छानाहरू लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...