भारतीय पूर्वविदेशमन्त्री स्वराजले ब्रदर भन्थिन् : प्रधानमन्त्री
भारतीय जनता पार्टीकी नेत्री तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले स्तब्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् ।