पूर्व राजा ज्ञानेन्द्र आज सिंगापुर जाँदै, प्रधानमन्त्री ओलीसँग गोप्य भेटघाट हुने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली यतिबेला सिंगापुरमा छन् । स्वास्थ्य परिक्षण र आरामका लागि भन्दै उनी श्रीमति राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल , नीजि चिकित्सक डा दिब्या सिंह लगायत ९ सदस्यीय टोली सहित १८ साउनमा त्यसतर्फ लागेका थिए ।

एक साताका लागि सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँ केही महत्वपूर्ण भेटवार्ता गर्न सक्ने आंकलन उनी सिंगापुर नजाँदै नेपालमा हुन थालिसकेका थिए । तर उनको त्यहाँ को को सँग कस्ता छलफल र भेटघाट हुन सक्छन भन्ने खुल्न भने सकेको छैन ।

ओली सिंगापुरमै रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह पनि आज बेलुकी सिंगापुर जाँदैछन् । दरबार उच्च स्रोतका अनुसार सिंगापुर हुदै पूर्व राजा ज्ञानेन्द्र चीन समेत पुगेर फर्किने योजनामा सिंगापुर जान लागेका हुन् ।

 

सिंगापुरमा पूर्व राजा र प्रधानमन्त्री ओलीका बीचमा भेटवार्ता हुन सक्ने आंकलन पनि अहिले हुन थालेको छ । नेपाललाई हिन्दु राज्य बनाउनका लागि राष्ट्रिय अन्तराष्ट्रिय लबिङ तिव्र भईरहेका बेला देशभित्रै पूर्व राजा र ओली निकट नेता उपप्रधान तथा रक्षामन्त्री इश्वर पाखेरेलबीच ढेड घण्टासम्म १७ साउनमा गोप्य भेटवार्ता गर्नु, १८ गते प्रधानमन्त्री ओली सिंगापुर जानु र ओली सिंगापुर गएको चार दिन पछि पूर्व राजा ज्ञानेन्द्र पनि सिंगापुर जाने कार्यक्रम बन्नु रहस्यमय परिदृश्य देखिन थालेको छ ।

 

त्यसोत ओली प्रधानमन्त्री हुन भन्दा अगाडी पनि पूर्व राजा ज्ञानेन्द्रकै प्रतिनिधीका रुपमा पूर्व युवराज्ञी हिमानी शाहसँग बंैककमा ओलीको भेटवार्ता भएको थियो । २०७४ को मंसिरमा सम्पन्न प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावमा सरकारको नेतृत्व गर्ने गरी ओलीले स्पष्ट जनमत ल्याएपछि सरकारको बागडोर सम्हाल्नु अगाडी पनि उनी उपचारका नाममा बंैकक गएका थिए । त्यसबेला बंैककमा ओली र हिमानी बीच भेटवार्ता मात्र भएको थिएन । उनीहरु एउटै जहाजमा स्वदेश समेत फर्किएका थिए ।

 

अहिले पूर्व राजा र प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दोश्रो चरणको थप भेटघाटका लागि भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । झण्डै दुई वर्ष अगाडी २०७४ पुस २६ मा ओली बैंकक गएका थिए । हिमानी पनि पुस २१ मा छोरी पूर्णिकालाई लिएर बैंकक गएर बसेकी थिइन् ।

यति एयरलाइन्सका आङछिरिङ शेर्पा (जो अहिले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा रविन्द्र अधिकारीसँगै निधन भईसकेका छन् ) ले बैंककको सुक्मित–२४ स्थित सिफुड रेस्टेरेन्टमा डिनर कार्यक्रम आयोजना गरेर ओली र हिमानीबीचको भेटवार्ताको बातावरण मिलाईदिएका थिए ।

त्यही डिनर भोजमा ओली र हिमानीबीचको भेटवार्ता भएको थियो । दुबैले त्यसबेला उक्त रेष्टुरेन्टमा नमस्कार गदै हात मिलाएका थिए र केही बेर कुराकानी गरेका थिए ।

 

पछि माघ ४, २०७४ मा ओली र हिमानी थाई एयरवेजको टीजी ३१३ कलसाइनको बिमानबाट सँगै स्वदेश फर्किएका थिए । त्यो पहिलो चरणको भेटवार्ता भएको र त्यसैको निरन्तरताको रुपमा अहिले भने शीर्ष भेटवार्ता हुन लागेको राजनीतिक विश्लेषकहरुले अनुमान लगाएका छन् । यद्यपी, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

 

नेकपाकै अर्का अध्यक्ष प्रचण्डले यूएई भ्रमणबाट फर्केको भोलिपल्टै १९ साउनमा सिन्धुली र रामेछापको सिमानामा पुगेर एक कार्यक्रममा पुगेर पूर्व राजाले वकवक गरिरहे नागार्जुनबाट पनि हटाइने भन्दै भाषण गर्नुले पनि नेकपाको ओली पक्षधर नेता हरु र पूर्व राजा ज्ञानेन्द्रका बीचमा कुनै अघोषित साँठगाँठ र सम्बन्ध बन्दै त छैन भन्ने आशंका भने तिव्र रुपमा जन्माईदिएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...