प्रधानमन्त्रीपत्नी राधिका शाक्यको पैसा बाटैमा बेपत्ता



हाम्रो इकोनोमि

 

उपकरण उही, प्रविधि उही । तर, प्रधानमन्त्री केपी ओलीले यसचोटि आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैंकक हैन, सिंगापुर रोज्नुभयो । गत वर्ष भदौ ९ मा बैंकक पुग्नुभएकोमा यसचोटि अन्तै मोडिनुभएको हो ।

 

बैंककमा जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन । परिवत्र्य मुद्राका दृष्टिले पनि त्यो महंगो ठाउँ हो । यसो गर्नुको विभिन्न कारणमध्ये एउटा हुनसक्छ, बैंकक बस्ने केही नेपालीले भिआईपीको नाम भजाई ठगी धन्दा चलाउनु । चार वर्षअघि उपचारक्रममा बैंकक जाँदा पाहुना लाग्न जाने क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्यको सात सय डलर बाटैमा लुटिएको थियो । व्यस्त बैंककको सुखुम्भित– १ मा बुमराङग्राड अस्पताल, ७३ मा नेपाली दूतावास अनि प्रतुना भन्ने ठाउँबाट सुरज शाक्य भन्नेले श्रीमतीमार्फत् अस्पतालमा दिनहुँ खाना पु¥याउन पठाउने । एकदिन उनैले बोलाएको ठाउँमा खान जाने क्रममा लुटपाटको घटना भएको हो ।

 

पाटन घर भएका सुरजले ललित मण्डप नामक ट्राभल एजेन्सी चलाएका थिए । उनैको थियो, पुल्चोकस्थित हार्दिक फिटनेश सेन्टर, जहाँ स्विमिङपुलसहित अत्याधुनिक फिटनेशका सामान थिए । ललित फाइनान्समा पनि लगानी थियो । सेनाको एकजना कर्णेललाई ठगे । मामा दुई करोड यी भान्जाले डुबाइदिएका कारण चोभार गएर, आँखामा पट्टी लगाई हाम्फाले । महापाल बस्ने साथी यिनैको ठगीको शिकार भएर हृदयघातका कारण ढले । यता आफन्त र साथीभाइ डुबाउँदै बैंकक पुगेपछि एकजना जापानीलाई पनि ठग्न भ्याए । उनको एक लाख डलर ठगेर मुद्दा झेल्ने अवस्थामा पुगी डिपोर्टको खतरा निम्त्याए ।

 

उनीसँगै अर्का नेपाली छन्, दिनेश श्रेष्ठ । यिनले काठमाडौं फर्किने यात्रुलाई सुन बोकाएर पठाउने धन्दा चलाएको बताइन्छ । सुन बोक्न आनाकानी गर्नेलाई प्रधानमन्त्रीको नाम लिँदै भन्छन्, ‘केही परे भन्नु, हामी छुटाउँछौँ †’ अर्का छन्, सुनिल खड्का । उनले पूर्वयुवराज पारसलाई बैंकक बस्दा प्रेमिका मिलाइदिने, गाँजा व्यवस्थापन गर्नेजस्ता काम गर्थे । अहिले भर्खर होटल म्यानेज्मेन्ट पढ्न गएका दुई युवतीसहित १० जनालाई बिचल्ली गराउने यिनै हुन् । काम आफू बिगार्ने, तर त्यहाँका नवनियुक्त राजदूत गणेश ढकालले नै दलाली गरे भन्दै फेसबुक फण्डामा सक्रिय छन् ।

 

स्वदेशमा भए कारवाही, किनारा गर्ने उपाय हुन्थ्यो । विदेशमा कसले, कहाँ उजुर गरोस् † फलतः धुन्धुकारीहरु उन्मुक्त छन् । जब नेपालबाट उच्चपदस्थ व्यक्ति उपचार वा भ्रमणका लागि त्यहाँ पुग्छन्, तब यो गिरोह चारैतिरबाट छोप्न पुग्छ । यिनै सुरज शाक्यले वर्षमान पुन पह्रार उपचारका लागि पुग्दा छपक्कै ढाकेका थिए । उनको उठबस, फोटो सेसनले भिआइपीको नाम बेचेर खाइजीविका चलेको र, अहिले सम्माननीय प्रधानमन्त्री त्यस्तै गिरोहको फन्दामा बदनामीको शिकार हुन नपरोस्, भदै बैंकक नगई सिंगापुर पुग्नुभएको खबर छ ।

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...