सांसद गजेन्द्र महतले भने कुलमान र वर्षमान श्री ३ महाराज हुन ?



हाम्रो इकोनोमि

 

सांसद गजेन्द्रबहादुर महतले ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सदनमा असन्तुष्टि व्यक्त गरेका छन् । जुम्लाको समस्या समाधान गर्न भेट्न खोज्दा पनि बेवास्ता गरेकामा उनले दुवैलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।

उनका अनुसार २०३८ सालमा जुम्लामा बनेको २ किलोवाटको बत्ती बिग्रिएर थन्किएको छ । बत्ती बन्न अझै तीन–चार लाग्छ । ‘हाम्रा श्री ३ महाराज हुनुहुन्छ, एक जना ऊर्जामन्त्री वर्षमान पुन, अर्का कुलमान घिसिङ, फोन पनि उठ्नदैन । भेटघाट गर्न पनि पाइँदैन’, उनले भने, ‘श्री ३ को फोन कसरी उठ्ने हो । कसरी भेट गर्न पाइने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने नाम छैन ?’

भारतलाई बेच्ने भनेको बिजुली जुम्लालाई बिक्री गर्न उनले ध्यानाकर्षण गराए । कर्णालीको समस्यामा चासो राखिदिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...