मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन्, अनि कसरी आउँछ समाजवाद?



हाम्रो इकोनोमि

 

नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने गरेको उनको भनाइ छ ।

 

‘देश दलाल पुँजीपतिको हातमा छ । सबैलाई पुँजी चाहिएको छ, । देशको समृद्धि होइन, व्यक्तिको समृद्धि चाहिएको छ’, उनले भने ‘समृद्ध बन्न मन्त्रीहरुले १० वर्षमा अर्ब, पीएले करोड कमाउने गरेका छन् ।’

 

पार्टी र नेतृत्व दलाल पुँजीवादको चंगुलमा फेसेको उनले बताए । दलाल पुँजीवादकै कारण समाजवादमा पुग्न कठिन भएको उनले सुनाए । नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पुस्तक समीक्षा गर्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पुँजीपति हावी भएको बताए । कमाउधन्दाका कारण इमानदार कार्यकर्ताको मनोबल खस्किँदै गएको उनले बताए ।

 

‘२० वर्षदेखि पार्टीमा काम गरिरहेको कमरेड असुरक्षित छ । खाडीमा भेडा चराउन नसकेर फर्केको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीएको पनि पीए बस्यो, १० वर्षमा करोडपति भयो’, उनले भने, ‘ अब २० औं वर्षदेखि इमानदारीपूर्वक लागेको कार्यकर्ताको मनोबल के हुन्छ ?’

 

समाजवादबारे थाहै नभएको र कम्युनिस्ट आन्दोलनबारे एकपटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा इमानदार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको उनले बताए । नेकपा नेतृत्वलाई मात्तिने र आत्तिने छुट नभएको उनले बताए । गुट उपगुट त्यागेर पार्टीलाई एकताबद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी व्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...